Tanahun Awaj
समाचार

बाल नृत्य प्रतियोगिता सम्पन्न

दमौली/राष्ट्रिय बाल दिवसका अवसरमा शनिबार व्यास–१ स्थित अकला सामुदायिक सिकाइ केन्द्रले वडा स्तरिय बाल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
सिकाइ केन्द्रका का.बा.अध्यक्ष पुर्णबहादुर दरैको अध्यक्षतामा भएको सो कार्यक्रम को उद्घाटन व्यास न.पा.का उप प्रमुख ईन्दिरा दरैले गर्नुभएको थियो भने कार्यक्रमको उदेश्य का बारेमा र स्वागत केन्द्रका कानुनि सदस्य डम्बरदेव हडखलेले गर्नुभएको थियो ।
उक्त प्रतियोगितामा व्यास न.पा.वडा न.१ मा रहेका २० वटा बाल क्लबले सहभागिता जनाएका थिए । सहभागी मध्ये सिवालय बाल क्लब प्रथम ,ठुलो गाउँ बाल क्लब दितिय,सिर्जनशिल बालक्लब तृतिय र हाईस्कुलटार बालक्लब तथा जनचेतना नव बालक्लब सान्त्वना भएका थिए ।
प्रतियोगितामा प्रथमलाई पाँच हजार, दितियलाई तीन हजार,तृतियलाइ दुई हजार र सान्त्वनालाई एक हजार नगद एवं प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, सहभागि सबैलाई सहभागिता प्रमाणपत्रको व्यवस्था गरिएको थियो ।
कार्यक्रममा सर्जन थापा मगर,सोनु मल्ल ठकुरि र श्रीराम गन्धर्वले निरणायकको भुमिका निर्वाह गर्नुभएको थियो ।
उक्त केन्द्रले हालसम्म साक्षरता कार्यक्रम,च्याउ खेति तालिम,झिलिङ्गा बनाउने,अचार बनाउने,चुरा पोते बनाउने,झाडु कुचो बनाउने तालिम दिनुका साथै नेतृत्व विकास तालिम समेत सम्पन्न गरिसकेको र आगामी दिनमा कानुनी साक्षरता ,स्वास्थ्य शिविर समेत गर्ने योजना रहेको सदस्य हडखलेले जानकारी दिनुभयो ।

Related posts

दाहाल सरकारका एक वर्षे उपलब्धी
नागरिक एपमा सेवा थप
देखि पुल निर्माणको ठेक्कासम्म

admin

संक्रमणकालिन मोडमा नेपाली राजनीति
शक्तिराष्ट्रको बढ्यो अनपेक्षित सक्रियता

admin

सामुदायिक विद्यालयका विद्यार्थीका लागि बससेवा

admin