28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

तनहुँको निर्वाचन क्षेत्र नं.१ मा त्रिकोणात्मक भिडन्त

कैची, रुख र सूर्यले पाउने मतप्रति राष्ट्रिय चासो

दमौली/प्रतिनिधि सभा निर्वाचन २०७९ मा तनहुँको क्षेत्र नं. एकमा त्रिकोणात्मक प्रतिष्पर्धा हुने भएको छ । स्थानीय तहको निर्वाचन देखिनै आफ्नो टिकट आफै लिऔं भन्ने अभियान चलाएका राजनीतिज्ञ गोविन्दराज जोशीले कैची चिन्ह लिएर निर्वाचनमा मतमाग्ने भएपछि नेपाली काँग्रेसको रुख, एमालेको सूर्य चिन्ह सहितको त्रिकोणात्मक भिडन्तको अवस्था आएको हो ।
निर्वाचन क्षेत्र नं. एकमा कैची, रुख र सूर्य चिन्हमा मात्रै मतदान हुने अवस्था भने होइन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कृष्णप्रसाद पौडेलले तीर चिन्हमा मत माग्दैछन् । नेश्नलिष्ट पिपल्स पार्टीका ताज महमद मियाले लाटोकोसेरो चिन्हमा मत माग्दैछन् । जनता समाजवादी पार्टी नेपालका पासाङ थापा मगरले ढल्केको छाता चिन्ह लिएर मत माग्दैछन् । स्वतन्त्र उम्मेदवार पृथ्वीनारायण श्रेष्ठले सूर्यमुखी फूल चुनाव चिन्ह लिएर मत माग्न मैदानमा उत्रेका छन् । हाम्रो नेपाली पार्टीका प्रविन पौडेलले लौरो चुनाव चिन्ह लिएर मत माग्दै छन् । मंगोल नेशनल अर्गनाईजेशनका प्रेमबहादुर थापाले कुखुराको भाले चुनाव चिन्हमा मत माग्दैछन् । स्वतन्त्र उम्मेदवार बेलबहादुर दरैले क्रस खुकुरी चुनाव चिन्ह पाएका छन् । नेपाल मजदुर किसान पार्टीका रामकृष्ण त्वयनाले मादल चिन्हमा मत माग्दैछन् । स्वतन्त्र उम्मेदवार रामचन्द्र कार्कीले ट्राफिक प्रहरी चिन्ह पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले गोलाकार भित्रको घण्टी चुनाव चिन्ह पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद कुमार घर्तीले हलो चुनाव चिन्ह पाएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका हस्तबहादुर किचिम थापाले घर चुनाव चिन्ह पाएका छन् ।

प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गर्ने १६ जनामध्ये स्वतन्त्र उम्मेदवार विश्वनाथ वास्तोललाई आफ्नो उम्मेदवारी फिर्ता लिएपछि १५ जना मात्रै चुनावी मैदानमा उत्रने भएका हुन् ।
निर्वाचन क्षेत्र नं. १ को प्रदेश क्षेत्र १ मा ११ जनाको उम्मेदवारी परेको छ भने प्रदेश २ मा ७ जनाको उम्मेदवारी परेको छ । प्रदेश क्षेत्र नं. १ मा रामबहादुर थापा र हरिराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । क्रमशः स्टाप्लर र पानीको धारा चुनाव चिन्ह लिएका छन् । बाँकी नौवटा पार्टीले उम्मेदवारी दिएका हुन् । मौलिक जरोकिलो पार्टीका उम्मेदवार बाबुराम आलेले किबोर्ड सहितको कम्प्यूटर चुनाव चिन्ह पाएका छन् । तनहुँ प्रदेश क्षेत्र नं. २ मा स्वतन्त्रको उम्मेदवारी रहेको छैन । नेपाली काँग्रेस र मौलिक जरो किलो पार्टीको उम्मेदवारी परेको छैन ।
निर्वाचनका मैदानमा उत्रेका ३३ जना उम्मेदवार मध्येमा प्रमुखतः तनहुँका मतदाता मात्रै नभएर देशभर तनहुँको निर्वाचन क्षेत्र १ मा कैची, रुख र सूर्यले पाउने मतका बारेमा राष्ट्रिय चासो देखिएको छ । देशभर स्वतन्त्र उम्मेदवारको पक्षमा मत गएको देखिएको भएता पनि यो क्षेत्रमा भने प्रमुख तीन(कैची, रुख, सूर्य) उम्मेदवारले नै प्रथम, द्वितिय र तृतिय स्थान पाउने देखिएको छ ।

Related posts

उम्मेदवार छनौट गर्ने सकसमा रहेका गठबन्धन दलले चलाए चुनाव सार्ने हल्ला

admin

एसईई ग्रेडेडलाई बधाई

admin

जेठ दुइ गते तनहुँ बारको २१औं अधिवेशनअध्यक्षको आकाँक्षी पाँच भन्दा धेरै, पद एक

admin