23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

चण्डिदेवीमा निःशुल्क आँखा शिविर

दमौली/व्यास–१० स्थित चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर आइतबार सम्पन्न भएको छ ।
चण्डिदेवी राष्ट्रिय मा.वि., नेपाल नेत्रहिन संघ पुर्नस्थापना केन्द्र गोरखा र गोरखा आँखा लायन्स सेवा केन्द्र गोरखाको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको विद्यालयका प्रावि इन्चार्ज यम प्रसाद सापकोटाले जानकारी दिए ।
विद्यायलका प्रधानाध्यापक रामचन्द्र पोख्रेलको सभापतित्वमा सम्पन्न सो शिविरमा विद्यालयका चार सय विद्यार्थीको आँखा परिक्षण गरिएको थियो भने समस्या रहेका करिब २५ विद्यार्थीलाई निःशुल्क चस्मा र औषधी वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्र.अ. पोख्रेलले उक्त शिविरद्वारा विद्यार्थीलाई समयसमयमा गराइरहनु गर्ने आँखा परिक्षण विद्यालयमानै भएकोले धेरै विद्यार्थी लाभान्वित भएको बताउँदै शरिरका सबै अंग विशेष रहेतापनि आँखा अझ बढि महत्वपूर्ण रहेको र सो शिविरले विद्यालय विद्यार्थी शिक्षक सबैलाई लाभ पुगेको विश्वास व्यक्त गरेका थिए ।
शिविरमा नेपाल नेत्रहिन संघ पुर्नस्थापना केन्द्रका फिल्ड अधिकृत प्रेम महर्जन, फिल्ड सुपरभाइजर अनिल गुरौ, क्षेत्र कार्यकर्ता राजकुमार गोले, नेत्र सहायक खुमराज पराजुली, विद्यालयका तर्फबाट शिक्षक प्रतिनिधि शान्ता बास्तोला, सीमा श्रेष्ठ, विष्णु श्रेष्ठ लगायतले आँखाको महत्व र शिविरले पु¥याएको सुविधाका बारेमा चर्चा गरेका थिए ।

Related posts

आठौं तनहु–२०७८ महोत्सव स्थगित

admin

एसइइमा तनहुँको नतिजा

Deepak Joshi

राष्ट्रपति निर्वाचन पछि नेपाली
का“ग्रेस अझै कमजोर हुन्छ–जोशी

admin