Tanahun Awaj
समाचार

पुल निर्माण कार्य स्थगित

दमौली/व्यास नगरपालिका वडा नं ३ र वडा नं १ करङकाठमा निर्माणाधिन दमौली वसपार्क जोड्ने गरी निर्माण गर्न लागिएको मोटरेवल पुल निर्माण झण्डै दुइ महिनादेखि निर्माण स्थगनमा छ ।
बुल्दीखोलामाथि बन्न लागेको यो पुल निर्माण गर्न ज्वालामुखी कन्सट्रक्सनले जिम्मा पाएको छ । ६ करोड १ लाख सत्रहजार ३२४ रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्नेगरी गत फागुनमा सम्झौता गरी काम सुरु भएर वारी–पारीका दुइवटा पिल्लर निर्माण सम्पन्न भएपनि थप काम भएको छैन ।
२०८२ भाद्र २२ मा निर्माण सम्पन्न गर्ने सम्झौतमा उल्लेख छ । कालेपत्रे गर्न ठिक्क पारिएको वसपार्कको समेत वर्षाका कारण काम रोकिएसंगै पुल र वसपार्क छिट्टै बन्ने स्थानीयको आशा अन्योलमा बदलिएको छ ।

Related posts

ऋषिङमा प्राविधिक शिक्षा, शिव सरस्वतीमा भेटरिनरी सञ्चालन हुने

admin

फुल खेतीतर्फ युवा आकर्षित

admin

सवारी दुर्घटनामा महिलाको मृत्यू

admin