22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

बुधबार नेप्से ३४.२९ अंकले बृद्धि

दमौली/सरकार परिवर्तन सँगै उछाल आएको सेयर बजार बुधबार ३४.२४ अंकले बढेको छ । बुधबारको बृद्धिसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई हजार नौ सय ५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो ।
बुधबार तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा रु २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा बुधबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ८६ करोड ५८ लाख ५८ हजार तीन सय सात बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको २२ लाख ३७ हजार एक सय ७२ कित्ता शेयर खरिदबिक्रि भएको छ ।

Related posts

भ्रष्टाचारको मृत्यु–सुशासनको जन्म

admin

माछा संरक्षण गर्न समिति

admin

तनहुँले देखायो दलित ऐक्यबद्धता

admin