20.7 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

भानुको कर्मचारी आन्दोलित, पेशागत कि राजनीतिक ?

दमौली/भानु नगरपालिकाले म्याद नथपेका कर्मचारीको पक्षमा भानु नगरपालिकाका कर्मचारी आन्दोलित छन् । मंगलबार विज्ञप्ति निकालेर म्याद नथपिएका कर्मचारीको म्याद थप्न दवाव दिएका कर्मचारीको आन्दोलन पेशागत कि राजनीतिक भन्ने सवाल उठेको छ ।
भानु नगरपालिका नगरप्रमुख आनन्दराज त्रिपाठीसंग कर्मचारीको आन्दोलनको बारेमा जिज्ञासा राख्दा व्यवसायीक हकहितको लागि आन्दोलन ठीक हो तर मलेपले प्रश्न उठाइ रहेको, लोकसेवाको प्रक्रिया पुरा गरी स्थायी कर्मचारी नै पदपूर्ति आउने अवस्थामा नगरपालिकाले म्याद थप गर्न नमिलेको हो, म्याद नथपेको होइन प्रमुख त्रिपाठीले
भने । यो यथार्थ बुझेका कर्मचारी हरुले आन्दोलन गर्नु पेशागत भन्दा बढी राजनीतिक देखिएको भानु नगरवासीको टिप्पणी रहेको छ ।

Related posts

एक महिने कार्यक्रमका साथ काग्रेसको गाउ प्रवेश

admin

तनहुँमा स्थानीय निर्वाचन, असन्तुष्टिले पूर्व दृष्य बदलिने आंकलन

admin

‘प्रथम सेवा बिन्दु’ अस्पताल ?

admin