Tanahun Awaj
समाचार

मगर भाषा सम्बन्धी अभिमुखिकरण

ऋषिङ्ग/नेपाल मगर संघ ऋषिङ्गको आयोजनामा २ दिने अभिमुखिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गत शुक्रबार र शनिबार ऋषिङ्ग–१ स्थित झापुटारमा संचालित समापन कार्यक्रम मगर संघ अध्यक्ष भिम बहादुर थापाको सभापतित्वमा संचालन भएको थियो । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका पुर्व मन्त्री जितप्रकाश आलेको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतले मगर भाषा संरक्षण तथा भाषिक महत्वको बारेमा धारणा राख्दै यसको संरक्षणका निम्ति लागिपर्नुपर्ने बताए ।

गाउँपालिकाभित्रका बिद्यालयहरु, जनप्रतिनिधिहरु, तथा विभिन्न संघसंस्थाहरुबाट समेत सहभागी भई कुल ८४ जना सहभागी रहेको उक्त अभिमुखिकरण एवम प्रशिक्षण कार्यक्रममा रुद्र श्रीस मगर, याम बहादुर आले मगर ईन्द्र आलेले प्रशिक्षण प्रदान गरेका थिए वडा नं १ का अध्यक्ष कुश बहादुर थापाले स्वागत गरेका कार्यक्रम शुक्ला मा.बि. का प्रधानाध्यापक केशर थापा मगरले संचालन गरेका थिए ।

Related posts

अब चासो प्राकृतिक विपत्ति न्यूनिकरणमा-सम्पादकीय

admin

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२: घण्टी चर्काे बज्यो, रुख मुर्झायो,सूर्य र ताराको चमक हरायो

Deepak Joshi

आलोचना मुक्त हुन सकोस् नवौं तनहुँ महोत्सव

admin