32.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

नीति तथा कार्यक्रम सार्वजनिक

दमौली/तनहूँ जिल्लाभित्रका दशैवटा पालिकाले एकै दिन असार १० गते आर्थिक बर्ष २०८१÷२०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । पालिका सभामा पेश गरिएको बजेट माथि पालिका सभाले छलफलबाट अनुमोदन गरेपछि सो बजेट २०८१ साउन १ गतेबाट कार्यान्वयनमा आउने छ ।
सबै पालिकाको अगुवा पालिकाको रुपमा रहेको व्यास नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को लागि दुई अर्ब चार करोड १३ लाख ६७ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । म्याग्दे गाउँपालिकाले ६७ करोड ४९ लाख २९ हजार आय विवरण पेश भएको छ । ऋषिङ्ग गाउँपालिकाले ५२ करोड २४ लाख ४ हजारको बजेट प्रस्तुत गरेको छ । घिरिङ्ग गाउँपालिकाले ५५ करोड ८ लाख १३ हजारको बजेट प्रस्तुत गरेको छ । भानु नगरपालिकाले ८५ करोड १६ लाख ७४ हजारको बजेट प्रस्तुत गरेको छ ।
त्यस्तै, भिमाद नगरपालिकाले ६२ करोड ४७ लाख १४ हजारको बजेट प्रस्तुत गरेको छ । देबघाट गाउँपालिकाले ४५ करोड ५८ लाख ८८ हजार को बजेट प्रस्तुत गरेको छ । त्यसैगरी बन्दिपुर गाउँपालिकाले ५४ करोड ४५ लाख भन्दा बढीको बजेट प्रस्तुत गरेको सूचना अधिकारीले जनाएका छन् ।
शुक्लागण्डकी र आँबुखैरेनी गाउँपालिकाले कार्यक्रम तथा नीति प्रस्तुत गरिसकेका छन् भने बजेट प्रस्तुत गर्ने तयारीमा रहेको सूचना शाखाले जनाएको छ ।

Related posts

राष्ट्रिय सभा निर्वाचन–२०८०
कुन प्रदेशमा कति मतदाता, कति मतभार ?

admin

व्यास नगर राष्ट्रपति रनिङ शिल्ड मंसिर १ र २ मा

admin

जनचेतनामुलक लघु चलचित्र ‘सङगत’ प्रदर्शन

admin