30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

रोटर्याक्टद्वारा गणेशमान चोकमा डिजिटल घडी

दमौली/रोट¥याक्ट क्लब अफ दमौलीले तनहुँको व्यास–२ गणेशमान चोकमा स्वचालित डिजिटल घडि जडान गरेको छ । शनिबार सो डिजिटल घडीको रोट¥याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानका डिष्ट्रिक्ट रोट¥याक्ट रिप्रिजेटेटिभ रोशन कार्की र व्यास नगरपालिका वडा नं. २ का वडाअध्यक्ष काशिराम श्रेष्ठले उद्घाटन गरेका थिए ।
उक्त चोक दमौलीको प्रमुख मध्यको एक चोक भएकाले सो स्थान भएर आवतजावत गर्ने सर्वसाधारणलाई मिति, समय, तापक्रम, सूचना लगाएतका कुरामा सहज जानकारी होस भन्ने उद्देश्यले डिजिटल घडी जडान गरिएको क्लबका अध्यक्ष अनुज बिमलीले जानकारी दिए ।
डिजिटल घडी जडानको लागी दमौलीमा रहेको टाइम एकेडेमीले आर्थिक सहयोग गरेको कार्यक्रम संयोजक यम बतासले जानकारी दिए । उक्त कार्यक्रमको संचालन रोट¥याक्ट क्लब अफ दमौलीका उपाध्यक्ष किरण श्रेष्ठ र स्वागत क्लबका पुर्वअध्यक्ष दामोदर भण्डारीले गरेका थिए ।
रोट¥याक्ट क्लब अफ दमौलीले समाजमा शिक्षा, स्वास्थ्य, खानेपानि, सरसफाई, खेलकुद, युवा, महिला, बालबालिका लगाएतको विभिन्न क्षेत्रमा विविध काम गर्दै आइरहेको क्लबले जनाएको छ ।

Related posts

बढ्दै वन्यजन्तु–मानव द्वन्द्वफेरी अर्काे क्षति, बन्दिपुरे बालक उत्सवले गुमाए ज्यान

admin

म्याग्देमा आँखा शिविर

admin

आदिकविको अध्यक्षमा छ जनाको दावी

admin