28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

शुक्लागण्डकीले जित्यो उपाधि

दमौली/तनहुँ जिल्ला भलिबल संघको आयोजनामा सम्पन्न अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको हो । आइतबार संचालित फाइनल खेलमा शुक्लागण्डकीले घिरिङ गाउँपालिकालाई सोझो सेटमा हराएको थियो । प्रतियोगितामा शुक्लागण्डकी न.पा प्रथम, घिरिङ गा.पा द्वितिय र भिमाग न.पा. तृतिय भएका थिए । साथै प्रथम हुनेले एक लाख एक हजार ११ रुपैया नगद, ट्रफि, मेडल र प्रमाणपत्र, द्वितियले ५१ हजार एक सय ११ नगद, ट्रफि, मेडल र प्रमाणपत्र र तृतियले २५ हजार एक सय ११ नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको संघले जनाएको छ । प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको थियो ।

Related posts

तनहुँ–२ः जनप्रतिनिधि बनेर को छिर्ला संसद ?

Deepak Joshi

१९ औं गणतन्त्र दिवस: नागरिकमा व्याप्त निराशा, आशामा बदलिने अपेक्षा

Deepak Joshi

फागुन २५ मा राष्ट्रपति निर्वाचन

admin