22.3 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

नेपाली काँग्रेसको संगठन सुदृढीकरण अभियानभित्रै निषेधको राजनीति

फोटो सामाजिक सञ्जालबाट

दमौली/नेपाली काँग्रेसले देशभर पार्टीको आन्तरिक संगठन सुदृढ गर्न विशेष आन्तरिक अभियान सञ्चालन गरेको छ । प्रत्येक जिल्लामा केन्द्रिय प्रतिनिधि खटाएर नेपाली काँग्रेसले साउन २० गतेदेखि ३० गतेसम्म देशभर विशेष आन्तरिक अभियान चलाएको छ । केन्द्रिय प्रतिनिधिको रुपमा नेपाली काँग्रेसकी केन्द्रिय सदस्य नानुमायाँ वास्तोला २० गतेनै तनहुँ जिल्ला आईसकेकी छन् । खैरेनीटार व्यारेकको गेष्ट हाउसमा बसेर उनले केन्द्रको निर्देशन बमोजिम नेपाली काँग्रेसको संगठन सुदृढ गर्ने विशेष आन्तरिक अभियान चलाउनु भएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँको निर्णय अनुसार क्षेत्र नं. २ को खैरेनीटारमा साउन २३ गते विशेष बैठक सम्पन्न गरेको छ । क्षेत्र नं. १ को विशेष क्षेत्रीय बैठक डुम्रेमा २४ गते सम्पन्न गरेको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं. २(ख) को भिमादमा २५ गते प्रदेश बैठक आज हुँदैछ । प्रदेशको २(क)को विशेष वैठक साउन २२ गते खैरेनीटारमा सम्पन्न गरेको छ । प्रदेश १ख को २९ गते डुंम्रेमा र प्रदेश १ख को २७ गते दमौलीमा विशेष बैठक हुँदैछ ।
नेपाली काँग्रेसको संगठन सुदृढि गर्न विशेष आन्तरिक अभियानमा जुटेको नेपाली काँग्रेसले निषेधको राजनीतिलाई अर्जुनदृष्टि लगाएको आमकार्यकर्ताले महसुस गर्न थालेका छन् । नेपाली काँग्रेस म्याग्दे गाउँ कार्य समितिका सभापति रामभक्त घिमिरेको सभापतित्वमा २१ भएको म्याग्दै बेलटारको कार्यक्रममा मर्यादाक्रमलाई मिचेर वक्ता छनौट गरिएपछि निषेधको राजनीतिबाट आफ्नो स्वाभिमानमा चोट पुगेको महसुस गरेका नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति कार्यक्रम स्थलबाट बाहिरिन बाद्य भएको कार्यक्रममा सहभागि काँग्रेसका कार्यकर्ता बताउँछन् ।
विशेष आन्तरिक अभियानको मुखैमा निषेधको राजनीति महसुस गरेका नेपाली काँग्रेसका कार्यकर्ताले आफ्नो असन्तुष्टी नेताहरु समक्ष पोख्न थालेपछि निषेधको खुलासा भएको थियो । क्षेत्रीय सभापति भन्दा मर्यादाक्रममा तल रहेका ४÷५ जनालाई बोल्न दिएर कार्यक्रममा बौलन दिंदा आशन ग्रहण गरेर बसेका क्षेत्रीय सभापतिलाई बोल्न नदिएपछि विशेष आन्तरिक अभियान तनहुँमा निषेध अभियानको रुपमा रुपान्तरण भएको स्वाभिमानी कार्यकर्ताहरुले टिप्पणी गर्न थालेका छन् ।

Related posts

विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

Deepak Joshi

चण्डिदेवीमा निःशुल्क आँखा शिविर

admin

स्तम्भकारको निधन

admin