Tanahun Awaj
समाचार

फूटवल प्रतियोगितामा वशाहस्थान

दमौली/संगम युवा क्लवको आयोजना र वडा नं. ९ को सहयोगमा व्यास नगरपालिका वडा नं. ९ मा संचालित प्रथम वडा कप २०८१ सेभेन ए साईड फुटवल प्रतियोगितामा सोमबार वशाहस्थान टोल विकास संस्था प्रथम भएको छ ।
प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको वशाहस्थान टोल विकास संस्थाले कर बाहेक १५ हजार रुपैंयाँ नगद, ट्रफी र मेडल प्राप्त गरेको छ । दोस्रो स्थान प्राप्त गरेको संगम युवा क्लवले १० हजार रुपैंयाँ नगद, ट्रफी र मेडल साथै तेस्रो स्थान प्राप्त गरेको सिमलचौर टोल विकास संस्थाले ५ हजार रुपैंयाँ नगद, ट्रफी र मेडल प्राप्त गरेका छन् ।
स्वस्थ जीवनको लागि खेलकुद भन्ने मुल नाराका साथ संचालित प्रतियोगिता जेठ ५ गतेदेखि ७ गते सम्म संचालन भएको थियो ।

Related posts

घर जहाँ कोही एक रात बसेन

admin

गठबन्धन दलहरुको संयुक्त अपिल
संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि हामीलाई मत

admin

व्यासमा पोलियो विरुद्धको खोप

admin