20.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

सामुदायिक विद्यालय प्रोत्साहन

दमौली/व्यास नगरपालिका तनहुँले जनप्रतिनिधिहरु साथै हरेक शिक्षक,कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउनु पर्ने निर्णय गरेको छ ।
कार्यपालिकाको २०८१ बैशाख १० गते सोमबार बसेको बैठकले सो निर्णय गरेको नगरपालिकाले एक विज्ञप्ति मार्फत जनाएको हो । विज्ञप्तिमा भनिएको छ– ‘व्यास नगरपालिकाका जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउने संकल्प गर्दै शिक्षक, कर्मचारीका छोराछोरीलाई समेत सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिने निर्णय गरियो ।’
नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न सो कार्यपालिका बैठकले विभिन्न सात निर्णयहरु गरेको छ ।

Related posts

सर्वदलीय बैठक आह्वान

admin

अन्तरक्रियासंगै दरखाने

admin

नगद कारोबार सीमा पाँच लाख

Deepak Joshi