27.7 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

जलबायु परिवर्तन नीति बारे सम्वाद कार्यक्रम

फोटो किरण श्रेष्ठ

दमौली । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले जलवायू परिवर्तन नितीबारे स्थानिय सरकारसंग संवाद कार्यक्रम गरेको छ । पत्रकार किरण श्रेष्ठले दिएको जानकारी अनुसार शुक्रबारदेखि संचालन भएको उक्त कार्यक्रम आइतबारसम्म जारी रहने छ । सो कार्यक्रम आदिवासी जनजाति महिला महासंघको आयोजना र फिमिको सहयोगको उक्त कार्यक्रम भएको हो ।

शुक्रबार व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेसंग तनहुँका भुजेल महिलाहरुले जलवायू परिवर्तन नितीबारे संवाद र अन्तरक्रिया गरेका थिए । त्यस्तै शनिवार व्यास-१ का वडाअध्यक्ष रमेशचन्द्र हड्खले संग सो संवाद गरेको छन् ।

सो अवसरमा वडाअध्यक्ष हड्खलेले महिलाहरु आर्थिक रुपमा सबल हुनुपर्ने बताए । उनले थपे ‘आर्थिक रुपमा सबल बन्नको लागी उद्यमी बन्नुपर्छ ।’

जलवायू परिवर्तनबाट जोगिन समुदाय जोडिएर एक हुनुपर्ने प्रशिक्षक एवं राष्ट्रिय मानव अधिकार आयोगका शाखा अधिकृत किरण बरामले बताए ।  स्थानीय सरकारले जलवायू परिवर्तन सम्बन्धमा के कस्तो निति र कानुन बनाएको छ भन्ने जानकारी लिने उक्त संवाद कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

जलवायू परिवर्तनका असर, न्युनिकरण र अनुकुलनमा लागी स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने र सोही अनुरुप नीति निर्माण गर्नुपर्ने भुजेल महिला समाजकी केन्द्रिय अध्यक्ष बसुन्धारा घर्तीले बताईन । उनले थपिन ‘जलवायू परिवर्तनको मुख्य असर आदिवासी जनजाति समुदाय लाई परेको छ ।’

उक्त कार्यक्रम अध्यक्षता राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी वरिष्ठ उपाध्यक्ष थम माया छन्त्यालले गरेकी थिइन् ।

Related posts

चारदिने घुम्ती शिविर सम्पन्न

admin

सर्यो चौथो डुम्रे महोत्सव

admin

तनहुँको गौरब जिल्ला सभाहल भित्रको लज्जा
सार्वजनिक संरचनामा बन्नु पर्ने र्‍याम्प बनेन
अपाङ्गता क्षेत्रका अधिकारकर्मि न्यायको शरणमा जाने

admin