Tanahun Awaj
समाचार

बीस सदस्यीय नयाँ मन्त्रीमण्डल

फोटो सामाजिक सञ्जालबाट

दमौली/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा २० सदस्यीय मन्त्री मण्डल बन्ने भएको छ ।
बुधबार मन्त्रालय सहित सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम सार्वजनिक भएको छ ।
जसमा एमालेका रघुवीर महासेठले उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरीले कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेतीले रक्षा, भगवती चौधरीले महिला बालबालिका, राजेन्द्र राईले खानेपानी, दामोदर भण्डारीले उद्योग, ज्वालाकुमारी साहले कृषि, बलराम अधिकारीले भूमि व्यवस्था साथै माओवादीका नरायणकाजी श्रेष्ठले उपप्रधान तथा परराष्ट्र, वर्षमान पुनले अर्थ, शक्ति बस्नेतले उर्जा, रेखा शर्माले सञ्चार, हितबहादुर तामाङले पर्यटन तथा रास्वपाका रवि लामिछानेले उपप्रधान तथा गृह, डीपी अर्यालले श्रम, विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद र सुमना श्रेष्ठले शिक्षा मन्त्रालय सम्हाल्ने छन् ।
नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशीले संघिय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढाले सहरी विकास मन्त्रालय सम्हाल्ने छन् । नयाँ सत्ता गठबन्धनमा हस्ताक्षर गरेको जनता समाजवादीले भने हालसम्म मन्त्रीको नाम टुङ्ग्याएको छैन ।

Related posts

मिछुर्लुङ्गमा मौलिक कौराह

admin

अभिलेखकरण गर्न आव्हान

admin

सकिँदै गठबन्धनको औचित्य कांग्रेस–एमाले: मुख मिल्छ, मुद्दा मिल्दैन

admin