22.1 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

आयोजना प्रभावितको अधिकारप्रति चासो

दमौली/तनहूँ जलविधुत आयोजनाको मानव अधिकारप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । आयोगले सोमबार दमौलीमा तनहुँ क्षेत्रका प्रभावितहरु र सरोकारवालाहरुसंग परामर्श कार्यक्रम राखेर प्रभावितहरुको मानव अधिकारको अवस्थाको बारेमा जानकारी लिएको छ । कार्यक्रममा दर्तावाला जग्गाको मुआब्जा सबैले पाउन नसकेको, तीन पुस्तादेखि प्रतिजग्गामा बस्नेहरुको बास उठ्ने अवस्थामा पनि मुआब्जा नपाउने सरकारी नीति, आयोजनाले इमानदारी पूर्वक मुआब्जा दिनुको सट्टा जालझेलबाट आयोजनास्थलसम्म जाने मोटर बाटो निर्माण गरेको सवाल उठाएका थिए । प्रभावितहरुको तर्फबाट मुआब्जा दिनु भन्दा पुनरवासको प्रबन्ध गरेर प्रभावितको मानव अधिकारको सम्मान गर्नुपर्ने कुरा जोडदार रुपमा उठेको थियो ।

Related posts

छैटौ अधिवेशनबाट पुनः गौतम

admin

मादी किनारमा छठको रौनक

admin

सम्मानित हुने व्यक्तिहरु छनौट

admin