Tanahun Awaj
समाचार

कांग्रेसको एकमहिने अभियान “घर–घर जाऔं, कांग्रेस जिताऔं”

रमेश विकल
नेपाली कांग्रेसले फागुन २९ देखि चैत्र २९ सम्म बैशाख ३० मा हुने स्थानीय निर्वाचन केन्द्रीत “घर–घर जाऔं, कांग्रेस जिताऔं” अभियान सञ्चानल गर्र्ने भएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बुधबार एक प्रेसनोट जारी गर्दै उक्त अभियान सञ्चालन गर्न लागिएको जनाएका हुन् ।
वैशाख ३० मा हने स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्दै निर्वाचनको माहौल बनाउने अभियानको पहिलो उद्देश्य रहेको नोटमा उल्लेख गरिएको
छ । यसैगरी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टी भित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने तथा कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन मतदातालाई अपील गर्ने अभियानको उद्देश्य रहनेछ ।
“हरेक कांधलाई भारि, हरेक हातलाई जिम्मेवारी” को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालन तर्फ उन्मुख गराउने अभियानले नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रुपमा राख्ने छ ।
यसका अतिरिक्त अभियानका अवधिमा नेकपाको सरकारको गत ३ वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा कांग्रेसले राख्नेछ भने नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ४०% नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसंग अझै सतर्कताका लागि अपील गरिने कांग्रेसले जनाएको छ ।
प्रतिपक्षमा रहनु पर्ने जिम्मेवारीका बावजुद सरकारको नेतृत्वमा जानु पर्नाका कारण जनसमक्ष अभियानका क्रममा राख्ने योजना बनाएको कांग्रेसले राष्ट्रिय सहमति निर्माण गरी हाल सम्मको सबैभन्दा ठूलो सहयोग परियोजना एमसिसि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीको सुझबुझपूर्ण नेतृत्वमा वर्तमान सरकारले संसदबाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएको भ्रम र दुष्प्रचारलाई बुंदागत रुपमा चिर्दै वास्तविक रूपमा राख्ने समेत कार्यक्रम बनाएको छ ।

Related posts

महोत्सव उद्घाटन प्रमबाट

admin

आज विश्व शरणार्थी दिवस

admin

व्यासको सार्वजनिक सुनुवाइ भोलि

admin