21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

नगरवासीको आवाजलाई नगरपालिकाले गर्यो‍ कदर जिल्ला ट्राफिक कार्यालयलाई सदरमुकाममै व्यवस्थापन

दमौली÷जिल्ला कार्यालयहरुलाई सदरमुकाम भित्रै व्यवस्थापन गर्नुपर्ने नगरवासीहरुको चाहाना अनुसार व्यास नगरपालिकाकाले बुधबार कार्यापालिकाको बैठकबाट निर्णय गरेर हाललाई बस पार्कमा टिकट काउन्टरका लागि बनेको निर्माणाधिन भवन उपलब्ध गराउने निर्णय गरेको छ ।               जिल्ला ट्राफिक कार्यालय तनहुँमा प्रमुख सन्तोष पौडेलका अनुसार व्यास नगरपालिका वडा नं. १ स्थित करङ्गकाठमा रहेको बस पार्क क्षेत्रमा अब जिल्ला ट्राफिक कार्यालय सर्ने भएको छ । 
जिल्ला ट्राफिक कार्यालय सदरमुकामबाट बाहिर जाने चर्चा चलेपछि, विशेष गरी डुंम्रे क्षेत्रमा उपलब्ध भएको जग्गाको स्थलगत अवलोकन गरी छनौटका लागि जिल्लाको टोली डुंम्रे क्षेत्रमा पुगेको थियो । त्यसपछि नगरवासीले सदरमुकामको पहिचान बचाउन हरेक भेला, गोष्ठि, जमघट, चियापान, सार्वजनिक सुनवाई, सामाजिक सञ्जाल, पत्रपत्रिका सर्वत्र ट्राफिक कार्यालय सदरमुकामबाट हटाउन नहुने जबरजस्त आवाज उठाउन थाले । चर्को दवावले स्थानीय बस पार्क करङ्गकाठ क्षेत्र ट्राफिक कार्यालयलाई दिने निर्णय गर्न नगरपालिकालाई सहज वातावरण बनेको जानकारहरु बताउँछन् । 
हाल उपलब्ध भएको भवनमा झ्याल ढोका राख्न र सामान्य मर्मत गर्ने काम बाँकी रहेको छ । सो कार्य सम्पन्न गरेर नगरपालिकाले ट्राफिक कार्यालय उपलब्ध गराउने भएको छ । जिल्ला ट्राफिक कार्यालयसंग हाल १३ जनाको संख्यामा जनशक्ति रहेको छ । सो बसपार्कमा बनेको टिकट काउन्टरको भवन उपलब्ध भएपछि जिल्ला ट्राफिक कार्यालयका लागि आवासीय सुविधा सहितको भवन उपलब्ध हुनेछ । साथै नगरवासीको चाहाना अनुसार सडक दुर्घटनामा कुच्चिएका सवारी साधनहरु पनि राजमार्गबाट भित्री हुनेछ । जिल्ला ट्राफिक कार्यालय तनहुँलाई उपलब्ध गराइएको सो जग्गाको क्षेत्र एकिन रुपमा खुलाइएको
छैन । तर यथेष्ठ हुनेछ । सो जग्गाको भोगाधिकार मात्रै हाललाई ट्राफिक कार्यालयलाई उपलब्ध गराइएको छ । ट्राफिक कार्यालय बस्न लागेको दुई ढलानको भवन संघीय सरकारको बजेट अनुसार निर्माण भएको भएको हो । त्यसको नियन्त्रण, संरक्षण र उपभोगको अधिकार नगरपालिकाले पाएको हुँदा नगरपालिकाको निर्णयबाट ट्राफिक कार्यालयले पाउन सकेको हो ।भागमा व्यवस्थापन गर्न सहज 

Related posts

चौंथो चरणमा जनतासंग नेता जोशी

admin

नब्बे प्रतिशत तयारी पुरा

admin

कोभिड प्रतिकार्य समन्वय वैठक

admin