Tanahun Awaj
विचार/दृष्टिकोण

राष्ट्रिय सभामा कमजोर बन्दै प्रतिपक्ष- सम्पादकीय

Editorial
माघ ११ मा सम्पन्न हुने निर्वाचनसंगै राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष थप कमजोर हुने भएको छ । १८ सदस्य सहित राष्ट्रिय सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तेस्रो ठूलो दलमा  झर्दैछ । प्रदेशगत मतभार हेर्दा गठबन्धनमा कुनै गडबडी नभए माघ ११  निर्वाचित हुन लागेका १९ मध्ये कुनै पनि सदस्यमा एमाले उम्मेदबार निर्वाचित हुने छैनन् । यस्तो अवस्थामा एमालेका राष्ट्रिय सभामा जम्मा ९ सदस्य बाँकी रहनेछन् । यसले राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी एमाले थप कमजोर हुनेछ । 
कोशी प्रदेशको कूल मतभार १० हजार १३५ हुँदा एमालेको मतभार ४ हजार २१० रहेको छ । गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको मतभार ५ हजार ४७४ छ । यस्तै मधेस प्रदेशमा कूल ३७४ मतदाता र कूल मतभार १० हजार ७४४ रहेको छ । यहाँ एमालेको कूल २ हजार ३०२ मतभार रहँदा गठबन्धनसँग ७ हजार ९९९ मतभार देखिन्छ ।
बागमती प्रदेशमा कूल १० हजार ३३३ मतभार रहेको छ । यो प्रदेशमा एमालको २ हजार ५७१ तथा गठबन्धन सम्बद्ध दलसँग ६ हजार ७५१ मतभार देखिन्छ भने गण्डकी प्रदेशमा कूल ६ हजार ४१० मतभार रहेको छ र यहाँ एमालेको २ हजार ४५८ तथा गठबन्धनसँग ३ हजार ७७४ मतभार रहेको छ ।
लुम्बिनी प्रदेशमा  मतभार ८ हजार ७५३ रहेको छ । यो प्रदेशमा एमालेसंग २ हजार ८१० तथा गठबन्धनसँग ५ हजार ४७७ मतभार छ ।  प्रदेशमा कूल ५ हजार ८४ मतभार रहेको कर्णाली । यो प्रदेशमा एमालेको १ हजार १४२ तथा गठबन्धनको  ३ हजार ७०७ मतभार छ । ६ हजार १०० कूल मतभार रहेको सुदूरपश्चिम प्रदेशमा एमालेको १ हजार ४८० तथा गठबन्धनसंग भने ४ हजार ५१० मतभार रहेको छ ।
प्रदेशगत दलहरुको मतभार हेर्दा कोशी प्रदेशमा गठबन्धनमा सामान्य गडबडी आएमा पनि नतिजा फेरवदल हुने सम्भावना रहेको अवस्था बाहेक अन्य प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको गठबन्धन सुविधाजनक बहुमतमा छ । यसरी हेर्दा एमाले नौ सदस्यमा खुम्चिने र प्रतिपक्ष अझ कमजोर बन्ने निश्चित छ । 

Related posts

प्रेरणा–पुस्तक
ः अन्तर्दृष्टि

admin

हात धुने कुरा- सम्पादकीय

admin

सत्ताम् सर्वोपरीम् भवः

admin