22.3 C
Damauli
September 16, 2026
Tanahun Awaj
कानुनविचार/दृष्टिकोण

किशोरी आमा र हाम्रो कानुन

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
एक अध्ययनले दुई लाख सुत्केरी आमा १९ बर्ष भन्दा कमउमेरको रहेको बताएको छ । सो अध्ययनले १५ बर्षको उमेर समूहका किसोर किसोरी एकअर्काप्रति आकर्षित हुन्छन् । पारिवारिक अनुशासन, प्रचलन, संस्कार, पितामाताको जिम्मेवार संरक्षणको अभाव र अशिक्षाले १४ प्रतिशत किसोरीहरु कमउमेरमा आमा बनेको एक अध्ययनले देखाएको छ ।
कानुनी अवस्थाः
कानुनतः २० बर्ष नपुगी विवाह हुन सक्दैन । त्यो विवाह अवैध हुन्छ । अवैध विवाह दर्ता हुन सक्दैन । अवैध विवाहबाट जन्मेको बच्चाको जन्म दर्ता हुँदैन । साथै किसोरी अवस्थाको विवाह स्थायी नभएको अध्ययनले देखाएको छ । बीचैमा छुट्ने अवस्थाले जन्मेको बच्चाको जन्म दर्ता, नागरिकता, शिक्षा र अधिकार समेतलाई असहज हुन्छ । कानुनी अड्चनहरु आउँछन् । उमेर नपुग्दै विवाह गर्ने, गर्भधारण गर्ने, अनि सम्बन्ध विच्छेद माग्न पर्ने अवस्था आउँदा कानुन विपरितको विवाहको सम्बन्ध विच्छेद गर्न अदालत सहमत हुन सक्दैन ।
अभिभावकको कर्तब्यः
छोरी १३ बर्षबाट माथि लागेपछि अर्थात छोरा १५ बर्षको उमेरमा टेकेपछिका अभिभावक सन्तानको दिनचर्याप्रति जानकार हुनुपर्दछ । मोवाईल र ल्यापटपमा छोराछोरी भुलेको समय, अवधि र कारणप्रति अभिभावकको निगरानी जरुरी छ । किसोरकिसोरी सन्तानले गोप्यता राख्न खोज्यो भने झनै निगरानी बढाउन सजग हुनुपर्दछ । त्यो निगरानीले किसोरी अवस्थामा गर्भवती हुने वा विवाह गर्ने खतराबाट बचाउन सकिन्छ । एक अध्ययनले १५ बर्ष उमेर समूहका किसोरकिसोरीहरु एकअर्काप्रति आकर्षित हुने प्राकृतिक नियम जस्तै बताएको छ । त्यो आकर्षणले निकटता र शारीरिक सम्पर्कका लागि उत्प्रेरित गर्दछ । तर शारीरिक सम्पर्क पछिको परिणामको ज्ञान दिँदैन । बीचैमा पढाई छोड्न पर्ने, बच्चाको आमा÷बाबु बन्ने÷ पारिवारिक जिम्मेवारी र बोझ थपिने÷ शारीरिक र मानसिक असर पर्ने जस्ता अवस्थाको बोध गराईदिने जिम्मेवारी अभिभावकको हो ।
राष्ट्रको जिम्मेवारीः
किसोरकिसोरी १५ बर्षको उमेर समूहदेखि शारीरिक सम्पर्कका लागि तयार हुने तर परिपक्व नहुने हुँदा २० उमेर हद तोकेर विवाह गर्न अनुमति दिने राज्यले त्यो समूहमा त्यो मानोवैज्ञानिक धारणा निर्माण गर्नका लागि निश्चित कार्यभार बहन गर्नुपर्दछ । आर्थिक विपन्नता, सामाजिक संञ्जाल, पारिवारिक प्रचलन आदिको प्रभाव बच्न मानोवैज्ञानिक उपचारको व्यवस्था गर्नसक्नु पर्दछ ।
सामाजिक जिम्मेवारीः
किसोरी आमा बनेर १४ प्रतिशत किसोरकिसोरीहरुको भविष्य अन्योल हुँदा हाम्रो समाजलाई पर्ने नोक्सानप्रति सचेत सामाजिक अगुवाहरुले पनि आफ्ने जिम्मेवारी बोध गरी आफूलाई जिम्मेवार बनाउनु पर्छ ।
निष्कर्षः
राज्यले कानुन बनाएर पुग्दैन । त्यसको कार्यान्वन गर्न पनि सक्नु पर्दछ । सामाजिक र आर्थिक अभिभावकत्व गुमाएका नावालक प्रति राज्य, समाजले पनि जिम्मेवारी बहन गर्न सके सम्बन्ध विच्छेदले क्षतविक्षत समाजलाई बचाउन मद्दत पुग्दछ । नेपाली संस्कारको समाज बचाउन सकिन्छ ।

Related posts

सुपुर्दगी सन्धि की पारस्पारिक सम्झौता ?

Deepak Joshi

फागुन–७ ले चखाएको स्वतन्त्रताको स्वाद

admin

हाम्रो सिकाइ किन कमजोर ?

admin