22.1 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

घिरिङ्गका आमालाई उद्घोषण तालिम

पिएसआई–युएसएको सहयोगमा घिरिङका विभिन्न आमा समूहका सदस्यहरुले उद्घोषण तालिम प्राप्त गरेका छन् । 
पिएसआई बोर्ड मेम्बर तथा नेपाल प्रतिनिधि सूर्यनाथ अधिकारीका अनुसार घिरिङ्गगाउँ पालिका वडा नं १ का दर्शन ठकुरी आमा समूह, डिस डाँडा आमा समूह, पोखरी भञ्ज्याङ आमा समूह, कमल ज्योती आमा समूह तथा हात्ती डाँडा आमा समूहका ३० जना सदस्यहरुले उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम लिएका हुन् ।  यसैगरी भिमसेन आमा समूह तथा न्यू सेभेन गाइज क्लब कटहरेका  २० जना सदस्यहरुले समेत उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम लिएका छन् । पिएसआइको तर्फबाट आमा समूह र क्लबका लागि आवश्यक भाँडा र म्युजिक सिस्टम समेत हस्तान्तरण गरिएको छ । 

सुत्केरीलाई घ्यू र न्यानो कपडा
अघिल्लो साता सम्पन्न कार्यक्रममा घिरिङ्ग गाउँ पालिका भरीका यो वर्ष सुत्केर ी भएका ११ जना आमाहरुलाई पोष्टिक आहारको रुपमा घ्यू तथा बच्चा र आमा दुबैलाई न्यानो कपडा वितरण गरिएको थियो ।
नेपाल प्रतिनिधि अधिकारीका अनुसार स्थानीय ऐसेलु पानी खानेपानी उपभोक्ता समितिका लागि पानी तान्ने मोटर समेत पिएसआइले प्रदान गरेको छ ।
ऋषिङ्गमा प्रतिक्षालय पुनःनिर्माण र्
पिएसआइले ऋषिङ्ग गाउँ पालिका वडा नं ८ ऐरी चोपारीमा रहेको प्रतिक्षायको पुनः निर्माण सम्पन्न गरेको छ ।
प्रतिक्षालयलाई पोलीग्लासले घेर्ने, प्लास्टर गर्ने तथा रङ्ग रोगन गर्ने काम गरिएको छ । जिर्ण बनेको स्थानीय जेष्ठ नागरिक समाजद्वारा निर्मित प्रतिक्षालयको पुनः निर्माणमा ७७ हजार रुपैयाँ खर्च भएका नेपाल प्रतिनिधि अधिकारीले बताए ।

Related posts

भोली मधुमेह दिवस

admin

कोटदरबारमा ६२ औ रेडक्रस स्थापना दिवस

admin

पत्रकार नहर्की सम्मानित

admin