20.6 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

दुबुङ्गमा निशुल्क स्वास्थ्य शिविर

तस्विरः सुनिता आचार्य

दमौली/रोटरी क्लब अफ दमौलीको आयोजनामा शनिबार दुबुङ्गमा स्वास्थ निशुल्क शिविर सम्पन्न भएको छ । क्लबले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत ऋषिङ गाँउपालिका–३ दुबुङ्ग स्थित शान्ति आधारभुत विद्यालयको प्राङ्गणमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । क्लबले स्थापना काल देखिनै जिल्लाका विभिन्न विकट ठाउँमा निशुल्क स्वास्थ शिविर सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त शिविरमा ३ सय ३२ जनाले स्वास्थ्य सेवा तथा स्वास्थ्य परामर्श लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकद्धारा स्वास्थ परिक्षण गरि निशुल्क औषधि पनि वितरण गरिएको थियो । क्लबका पूर्व अध्यक्ष हरिसिं गुरुङले संयोजकत्वमा सम्पन्न सो शिविरमा ६ महिनाको शिशु देखी ९७ वर्षीय वृद्धसम्मको स्वास्थ्य परिक्षण गरिएको थियो । क्लबका अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरि क्लब रिप्ले वेष्ट भर्जिनिया अमेरिकाका पूर्व अध्यक्ष चक रे कर्नर, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठल, उपाध्यक्ष गिनुमाया थापा, वडाध्यक्ष भिम बहादुर थापा, जोन २२का असिष्टेन्ट गभर्नर इमकुमार मल्ल, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले लगायतले बोलेका थिए । कार्यक्रम क्लबका सचिव हरि कार्कीले सञ्चालन गरेका थिए ।
ऋषिङ गाउँपालिका, ऋषिङ गाउँपालिका वडा नं ३, अमेरिका स्थित रोटरि क्लब रिप्ले, ग्राफ्टन, स्पेन्सर, वेष्ट भर्जिनिया र रबिन्स्भिल्ले न्यु जर्सिको सहयोग रहेको थियो ।साथै स्वास्थ्य कार्यलय तनहुँ, गण्डकी मेडिकल कलेज पोखरा, दमौली अस्पताल, रत्नहरि मेमोरियल अस्पताल(दमौली, जि।पि।कोइराला राष्टिूय स्वास प्रस्वास केन्द्र, शुक्लगण्डकी, न्यु पाण्डे चस्मा घर,मित्रता स्वास्थ्य क्लिनिकको र मौरीवास स्वास्थ्य चौकी, प्राविधिक सहयोगमा शिविर संचालन भएको हो । आदिकवि भानुभक्त क्याम्पस मितेरी गाउँ, लालीगुरास आमा समूह र शान्ति सेवा युवा क्लबले स्थानीय रूपमा शिविरलाई सहयोग गरेका थिए ।

Related posts

गल्बुवेशी आमा समूहको पाँचौ अधिवेशन

admin

अभियोगबाट बच्न गठबन्धन अस्त्र कारीन्दालाइ फँसाएर जनता ढाँट्ने चलखेल

admin

प्रवासीको देश हुन्न लिएर आए पंचम

admin