Tanahun Awaj
समाचार

चण्डिदेवीको युवा रेडक्रस सर्कलद्वारा बृहत सरसफाई अभियान सम्पन्न

फोटोः यमप्रसाद सापकोटा

दमौली/व्यास नगरपालिका वडा नं १० को श्री चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयको युवा रेडक्रस सर्कलले आउँदै गरेको विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसर पारेर बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको विद्यालयका शिक्षक नायक यम प्रसाद सापकोटाले जानकारी दिनुभएको छ । वर्षको चार पटक गरिने सरसफाई कार्यक्रम अर्न्तगत यस पटक दशैँको अवसरमा सो कार्यक्रम गरिएको हो । कार्यक्रम‌मा बोल्दै प्रअ एवं संरक्षक रामचन्द्र फोखेलले सर्कलले आफ्नै तरीकाले नयाँ नयाँ तरीकाले विभिन्न सन्देशमूलक कार्य गरेकोमा सर्कललाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ बढी प्रभावकारी कार्यक्रम प्रस्तुत गरिने कुरामा आफू विश्वस्त रहेको बताउन भएको थियो। त्यसैगरी विव्स. अध्यक्ष बाबुराम पौडेलले सर्कलले गरेको अभियान अत्यन्तै प्रशंसनिय रहेको र समुदायले समेतले यसको अनुशरण गर्दै अघि बढ पर्ने कुरा व्यक्त गर्ने भएको थियो। त्यसैगरी व्यास नगरपालिका वडा नं – १० का पूर्व वडाध्यक्ष तथा वि.व्य. निवर्तमान अध्यक्ष एवं समाज सेवी तुल राम सापकोटाले चण्डिदेवीको युवा रेडक्रस सर्कल आफ्नो कार्य सम्पादनका कारणले वडा, जिल्ला, प्रदेश र केन्द्रिय स्तरमा आफ्नो पहिचान बनाउँदै विद्यालय एवं सर्कलको नाम उच्च राख्न सफल हुँदै कुनै पनि कार्यक्रममा परिचय रहित चिनिन सफल हुने करामा दुईमत नरहेको विचार व्यक्त गर्नुभएको थियो । त्यसैगरी सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दुम्सिकोट उपशाखाका सभापति ईश्वर पौडेल, विध्यालय व्यावस्थापन समिति बाबुराम पौडेल, वि.व्य.स. सदस्य राम बहादुर परियार युवा रेडग्रस सर्कल चण्डिदेवीको अध्यक्ष रोशनी कुँवर लगायतकाले बोल्नु भएको थियो । सो सरसफाई अभियान‌मा व्यास १० बैरेनिका अत्रौली टोल, बैरेनी टोल, कोरेगा टोल, गणेशटोल, विद्यालय परिसर एवं व्यास मार्ग लगायतका क्षेत्रमा बृहत सरसफाई गरि आगामी दिनहरूमा फोहर मैला व्यावस्थापन गर्दै घर आँगन सफा राख्न समेत प्रोत्साहन गरिएको शिक्षक नायक यम प्रसाद सापकोट जानकारी दिनु भएको छ।

Related posts

जैविक विविधता विषयक अन्तरक्रिया

admin

विदेशमा कमाएर जन्मस्थानको सेवा

admin

सिद्धेश्वरीमा दशैको शुभ कामना तथा कक्षा ११ लाई स्वागत 

admin