24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

११०औं वीपी जयन्तीमा वीपीवादको चर्चा
का“ग्रेसले वीपीवाद छोड्यो

फोटो तनहुँ आवाज

दमौली/बी पी विचार समाज तनहूँले भाद्र २४ एक प्रवचन कार्यक्रमको आयोजना ग¥यो । प्रबचन कार्यक्रममा बोल्ने बक्ताहरुले बी पी वादको बारेमा चर्चा गरेका थिए । साथसाथै नेपाली काँग्रेसले बी पी वादलाई लत्याएर २०६४ असोज महासमिति बैठकको निर्णय भन्दै नाटकीय ढंंगबाट गणतन्त्रमा गएपछि काँग्रेसका संस्थापक नेताहरुले नेपाली काँग्रेसको साधारण सदस्यता पनि परित्याग गर्ने अवस्था आएको सो अवसरमा बक्ताहरुले चर्चा गरेका थिए ।
नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोईरालालाई हरेक कदममा सफल बनाएका नेता गोविन्दराज जोशीलाई किनारा लगाउने खेल शुरु भएको मितिबाट गिरिजाप्रसाद कोईरालाको पहिचान र प्रतिष्ठामा समेत धब्बा लागेको कुरा सो अवसरमा चर्चाको विषय बनेको थियो ।
गोविन्दराज जोशी लगाएत स्वाभिमानी पुराना नेता कूलबहादुर गुरुङ्गहरुले संस्थापक नेताहरुले काँग्रेस परित्याग गर्न पर्ने अवस्था आएको संवदेनशिल अवस्थाले बी पी वादको अपव्याख्या हुने निष्कर्ष निकाल्दै बी पी वादको संरक्षण गर्न बी पी विचार राष्ट्रिय समाज गठन भएको सन्दर्भ सो अवसरमा वक्ताहरुले प्रष्ट्याएका थिए ।
बी पी विचार राष्ट्रिय समाजका केन्द्रिय सदस्य सुकुमलाल गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बी पी विचार राष्ट्रिय समाज गण्डकी प्रदेशका सचिव परशुराम गिरी प्रमुखवक्ताको सम्बोधन गर्नुभएको थियो । अधिवक्ता ऋषिराम पोख्रेल, डा. विद्यूतकेसरी न्यौपाने, नगरेन्द्र थापा रामदेव पन्थ, इन्द्र प्रसाद पौडेल लगायतले बोल्नु भएको थियो ।
कार्यवहाक सभापति क्या. रेशमबहादुर गुरुङ्गको सभापतित्वमा रहेको सो कार्यक्रमको सञ्चालन सचिव पञ्चबहादुर गुरुङ्गले गर्नुभएको थियो ।

Related posts

तनहुँ बारद्वारा न्यायाधीशको स्वागत

admin

म्याग्देमा मोतियाविन्दुको शल्यक्रिया

admin

चण्डिदेवीमा दशैं शुभकामना

admin