Tanahun Awaj
समाचार

नेपालीको विश्वासमा ठेस पु¥याउँदै चीन
आफ्नो नयाँ नक्साको छेउमा नेपालको पुरानै नक्सा

फोटो सामाजिक सञ्जाल
	उत्तरी छिमेकी चीनले नेपालीको विश्वासमा ठेस पुग्ने काम गरेको छ । 
	उसले भर्खरै सार्वजनिक गरेको आफ्नो नयाँ नक्साको छेउमा नेपालको चु्च्चे नक्सा नराखेर पुरानै नक्सा राखे पछि चीन आफ्नो असल मित्र भएको विश्वासमा रहेका नेपालीको विश्वासमा ठेस पुगेको हो । 
	नेपालले २०७७ साल जेठ ७ मा आफ्नो लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा सार्वजनिक गरेको थियो । भारतले नेपालको त्यो नक्साालाई स्वीकार गरेको छैन भने अर्काे छिमेकी चीनले पनि नेपालको चुच्चे नक्सा स्वीकार नगरेको भर्खर सार्वजनिक नक्साले बताएको छ । 
	चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले सन् २०२३ को संस्करण भन्दै ट्वीटर मार्फत गत सोमबार  सार्वजनिक गरेको  चिनियाँ नक्साको छिमेकमा रहेको नेपालको चुच्चे नक्साको स्थानमा पुरानै बुच्चे नक्सालाई नै राखिएको छ । चीनको प्राकृतिक स्रोत मन्त्रालयले जारी गरेको भनिएको उक्त नक्सा  चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सीमा रेखांकन विधिको आधारमा तयार गरिएको उल्लेख छ ।
	  नेपाल–भारत भूमि विवादका सन्दर्भमा दुई मुलुकबीच समझदारीमा यो विवाद सल्ट्याउन आग्रह गर्ने चीनले ऐतिहासक तत्य र प्रमाणलाई आधार मानेर नेपालले कायम गरेको नयाँ नक्सालाई मान्यता नदिने गरि नक्सा सार्वजनिक गर्नु नबुझिने तथ्य भएको छ । 
	चीनले भारतले जस्तै लिपुलेकलाई नेपाली भूमिका रुपमा स्वीकार नगरेको पहिले नै हो । सन् २०१५ मा भारतसंग भएको सम्झौतामा नेपाललाई कुनै सोधपुछ नगरी ति दुइ देशहरु  लिपुलेक नाकाबाट सीमा व्यापार बढोत्तरीका लागि कामकुरो गर्न मञ्जुर भएको उल्लेख थियो ।
	नयाँ नक्सा सार्वजनिक भएसंगै चीनको विरोधमा एक शब्द सुन्न नचाहने नेपालका बामपन्थीहरुले अब के भन्लान् भन्ने त छँदैछ चीनको यो निर्णयले तीन करोड नेपालीको मन नराम्ररी कुँडिएको छ ।  

Related posts

हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा होः राष्ट्रपति पौडेल

admin

सिंहदरबार: बाहिरिँदै सुशिला, भित्रिँदै बालेन

Deepak Joshi

जलविहारको संभाव्यता अध्ययन

admin