22.3 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

निजी अस्पतालको अनुगमन

फोटो सूचना प्रविधि शाखा व्यास

दमौली/दमौली भित्रका निजी अस्पतालहरु मापदण्ड अनुसार सञ्चालनमा नआएको जनगुनासो बढ्न थालेपछि व्यास नगरपालिकाको पहलमा पाँच अस्पतालको बुधबार अनुगमन गरिएको छ ।
बुधबारको अनुगमनमा समधान, सिटी जनरल, नेशनल एपोलो, व्यास नगर र रत्नहरि परेका थिए । अनुगमनको क्रममा सिटि जनरल हस्पिटलले नविकरण नभएको, म्याद सकिएको बिटाडिन, मापदण्ड अनुसार फोहोर मैलाको उचित व्यवस्थापन नभएको, नगरपालिकामा नियमित प्रतिवेदनको रिपोटिङ नगरेको फेला परेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । उक्त अस्पताल १५ शैया बेडको भएता पनि मापदण्ड विपरित संचालन रहेको फेला परेको उनले बताए ।
सो हस्पिटललाई १ साता भित्र जरिवाना सहित मापदण्ड पु¥याएर नविकरण गर्न निर्देशन दिईएको समेत उनले बताए । त्यस्तै नेशनल एपोलोमा मापदण्ड अनुसारको फोहोर मैलाको व्यवस्थापन राम्रो नभएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।
उनका अनुसार अनुगमनमा लेबल नभएको बिटाडिन फेला परेको र तत्कान फेर्न लगाएको छ । समधान र व्यास नगर हस्पिटललाई पनि फोहोर मैलाको उचित व्यवस्थापन गर्न आग्रह गरिएको उनले बताए । रत्नहरि हस्पिटलमा भने बिरामी जाँच गर्ने कक्ष व्यवस्थित निर्देशन दिईएको समेत उनले जानकारी दिए ।
अनुगमनको क्रममा सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैहे्रले नितिगत रुपमा हस्पिटलको संचालन हुने पर्ने बताए । अनुगमनमा स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारी, व्यास नगरपालिकाको जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङ लगायतको उपस्थिती रहेको थियो । स्वास्थ्य शाखा प्रमुख सोतीका अनुसार अनुगमनलाई निरन्तरता दिईने भएको छ ।

Related posts

कुललिङ पिरियडमा गुमेको शाख

admin

चियापान तथा विस्तारित बैठक

admin

व्यासले कर्मचारी नहटाउने

admin