20 C
Damauli
October 10, 2026
Tanahun Awaj
समाचार

आफ्नै बचनबाट पछि हटे राष्ट्रपति

फोटो सामाजिक संञ्जालबाट
राष्ट्रपति रामचन्द्र पौडेल आफ्नै वचनबाट पछि हटेका छन् । राष्ट्रपति बिरामी भई भारतको नयाँ दिल्ली गएर उपचार गराउँदाको खर्च आफैले व्यहोर्न चाहेको बताएका थिए । 
असार १८ मा परराष्ट्र मन्त्रालयले अर्थमन्त्रालय संग राष्ट्रपतिको उपचार खर्च बापतको ५५ लाख ४ हजार ६ सय ५४ रुपैयाँ निकासा माग गरेपछि राष्ट्रपति आफ्नो वचनबाट पछि हटेको देखिएको हो । गत वैशाख ६ मा एयर एम्बुलेन्स मार्फत भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा गएर उपचार गराएका थिए । वैशाख १७ सम्म चलेको उनको उपचार खर्च राष्ट्रपति आफैले व्यहोर्न चाहेको जानकारी वैशाख १९ मा राष्ट्रपतिको स्वकीय सचिवालयले प्रेस नोट जारी गरेको थियो । परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको स्वास्थ्य उपचार लगायतको खर्चका लािग प्रचलित कानून तथा स्वीकृत मापदण्ड बमोजिम खर्च गर्नेगरी अर्थमन्त्रालयबाट सहमती प्राप्त भएको भन्दै भुक्तानी दिने प्रयोजनका लागि अर्थ मन्त्रालय लाई लेखि पठाउने निर्णय भएको  व्यहोराको पत्र सार्वजनिक भएसंगै यो विषयले चर्चा पाएको हो ।  

Related posts

तनहुँमा पनि प्रहरी दिवस

admin

उद्यमशीलद्धारा क्षमता अभिवृद्धि तालिम

admin

गठबन्धन दलहरुको संयुक्त अपिल
संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि हामीलाई मत

admin