22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

भष्ट्राचार रोक्नुपर्छ

श्यामलाल गोशली अध्यक्ष क्षयरोग निबारण सस्था

देश बनाउनलाई भष्ट्राचार रोक्नुपर्छ ।
समाजी काम गर्नेले लोभलाई त्याग्नु पर्छ ॥
राजनिति नेताहरु सचीए देश सुध्रिन्छ ।
विकास गर्न गाउँको मुहान फुट्नु पर्छ ॥१॥

नेपाली नक्कली भुटानी शरणार्थी बनाई ।
तिनीसँग रकम खाई अमेरिका पठाई ॥
दोषी उम्काउने र निर्दोषीलाई फसाउने ।
खेल खेल्ने भष्ट्राचारीलाई कुरा मिलाउने ॥२॥

नेताहरु दिनमा झगडा गर्ने राती मिल्ने ।
काले काले मिलेर खाऊँ भाले यिनैले भन्ने ॥
भष्ट्राचारले मुलुक कमजोर बनाएको ।
दोषी बचाएर निर्दोषी पार्न खोजेको ॥३॥

नाम मात्र लोकतन्त्र गणतन्त्र भनी रह्यो ।
जुन तन्त्र आएपनि भष्ट्राचारीलाई भयो ॥
धर्मको ख्याल नगरी भष्ट्राचार गर्नेहरु ।
सबै भष्ट्राचारी किरा परी मोरे हुन्छ बरु ॥४॥

Related posts

मातृत्व पितृत्व संरक्षकत्व माथवरी धर्मपुत्र धर्म पुत्री अंशबण्डा

admin

कांग्रेस कता जाला ? संविधानवाद कि अवसरवाद

admin

निःशुल्क कानूनी उपचारको प्रयोग

admin