17.7 C
Damauli
October 23, 2026
Tanahun Awaj
समाचार

व्यासमा लम्पी स्किन खोप

दमौली/व्यास नगरपालिकाले व्यास नगरपालिका भित्रका चौपायामा देखिएको लम्पी स्किन संक्रमण विरुद्ध खोप दिने अभियान शुरु गरेको छ । सोमबारसम्मा दुई हजार एक सय गाईभैसीमा खोप लगाएको व्यास नगरपालिकाले जनाएको छ । पछिल्लो समय जिल्लाभर गाईभैसीमा लम्पी स्किनबाट संक्रमित हुन थालेपछि व्यासले संक्रमण भएको ठाँउहरुमा गई खोप लगाउन सुरु गरेको छ । ३ हजार खोप खरिद गरेकोमा २ हजार १ सय खोप लगाईसकेको र लगाउने कार्य जारी रहेको नगरपालिकाको पशुपंक्षी विकास उपशाखाका पशु विकास अधिकृत डा.मनोज विश्वकर्माले जानकारी दिए । उनले भने, “ संक्रमण देखिएको ठाँउ र आसपासमा कृषकको गोठमै पुगेर खोप लगाउन सुरु गरेका छौं । अहिले संक्रमण फैलन धेरै कम भईसकेको छ । ” पशुमा पूणर् खोप कार्यक्रमअन्तर्गत नगरपालिकाको वडामा खोपकर्ताको रुपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालित गरिएको उनले बताए । उनले भने, “यो खोप सङ्क्रमित पशुलाई लगाउने होइन, स्वस्थ पशुलाई रोगबाट बचाउनका लागि लगाउने हो ।”
उनले गाईभैंसीमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप लगाइदिने गरेको बताए । उनले दिएको जानकारी अनुसार अहिले सम्म ९० वटा गाईभैसीमा संक्रमण देखिएको थियो भने ६ वटा गाईभैसीको मुत्यु भएको छ । उक्त रोगबाट धेरै जसो व्यास १ चारकुने, व्यास १३ बेलबास, पोखरीभञ्याङ,व्यास ११ फराकचौर र व्यास ७ मा गाईभैसी संक्रमित भएको पशु विकास अधिकृत विश्वकर्र्माकाले बताए । लम्पी रोगका कारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भए तापनि उच्च ज्वरो आउँदा उपचार नपाएर मर्न पनि सक्ने उनको भनाइ छ ।
गर्मी मौसममा टोक्ने झिङ्गा, लामखुट्टे, किर्नाजस्ता किराको सङ्ख्या बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिने उनले बताए। उनका अनुसार यो रोग देखिएपछि दूध उत्पादनमा गिरावट आउनुका साथै प्रजनन समस्या आउने तथा गर्भपतन हुनसक्ने सम्भावना रहन्छ ।

Related posts

ऋषिङकी कल्याणदेवी

admin

शालीग्राम करिडोर कालोपत्रे गर्ने सांसद न्यौपानेको प्रतिबद्धता

Tanahun Awajweekly

सांसद भण्डारीद्वारा वडा कार्यालय उद्घाटन

admin