16.2 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

सतासी जनलाई रोजगार

प्रधानमन्त्री रोजगार अन्तरगतको रोजगारी –फोटो व्यास सूचना शाखा

व्यास/प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत व्यास नगरपालिकाले ८७ जनालाई रोजगारी उपलब्ध गराएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत दैनिक छ सय १६ ज्याला पाउन थालेपछि ८७ जना बेरोजगारको दैनिकी सहज र सुखद बन्दै गएको लाभान्वित रोजगारको धारणा रहेको छ । न्यूनतम एक सय दिनको रोजगारीको सुनिश्चिता संगसंगै थप कार्यदिन बढ्नेमा रोजगार पाउनेहरु आशावादी रहेको व्यास–६ की रोजीना सुनार बताउँछिन् । व्यास नगरपालिकाले बेरोजगारलाई रोजगारीसंगसंगै विकास निर्माणलाई पनि अगाडि बढाएको नगरप्रमुख बैकुण्ठ न्यौपाने बताउनु हुन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक सुचिता थापाको बुझाईमा रोजगार कार्यक्रमले विपन्न र बेरोजगारको जीवनस्तरमा सुधार आएको छ । दैनिकीमा राहत भएको छ । चालू आर्थिक वर्षमा मात्रै व्यास नगरपालिकामा ३ सय ५७ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भएका थिए जसमा अहिले ८७ जना मात्र रोजगारी गर्ने अवसर पाएका हुन् ।

Related posts

राधा माविलाई लगातार तेस्रो उपाधि

admin

जेठ दुइ गते तनहुँ बारको २१औं अधिवेशनअध्यक्षको आकाँक्षी पाँच भन्दा धेरै, पद एक

admin

दाहाल सरकारका एक वर्षे उपलब्धी
नागरिक एपमा सेवा थप
देखि पुल निर्माणको ठेक्कासम्म

admin