22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

माटोको मायाँ

साहित्यकार चक्रबहादुर अधिकारी

माटोको ममता तिमीसित यदी साँच्चै भएको भए ।
सारा लोकहरु रमेर खुशी भै तिम्रै पछाडी थिए ।।
पैसा औ पदको घमण्डपनले आकाश चुम्दै गयो ।
मान्छेको किन धर्म कर्म सबथोक खस्केर जादो भयो ।।

ठूलादेखि सुकर्मको शुरु भए यो राष्ट्र बन्ने थियो ।
सुनको देश बनेर विश्वभरम चम्केर जाने थियो ।।
तातो वाफ घमण्डको यदि यहाँ उडेर जाने भए ।
रामकै राज्य समादेश हुन गै भू–वर्ग बन्ने थियो ।।
(सडक साहित्यमा साहित्यकार चक्रबहादुर अधिकारीबाट जेष्ठ ५ गते बाचन गरिएको रचना)

Related posts

मगर दिवसमा सार्वजनिक बिदा

admin

विश्वविद्यालयको दायित्व परिक्षा मात्र हो ?

admin

फैसला, आदेश र कार्यान्वयनको प्रश्न

admin