Tanahun Awaj
समाचार

सरकारलाई वकिलको दवाव

दमौली/नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्त गर्न आफ्नो ७७ वटै बार इकाईद्वारा नेपाल सरकारलाई दवाव दिएको छ ।
नेपाल बार एशोसिएशनको आव्हानमा कानुन व्यवसायीहरु दिउसो दुई बजेदेखि तीन बजेसम्म काम व्यवसाय छोडेर अदालत अगाडि तुल व्यानर सहित आज चौथो दिन तनहुँ जिल्ला अदालत हाताभित्र धर्नामा बसेर त्यस्तो दवाव दिएका हुन् । चोथो दिनको धर्ना कारर्यक्रमको समापन बरिष्ठ अधिवक्ता परशुराम गिरीले गरेको तनहुँ बारका अध्यक्ष भानुभक्त सुवेदी बताए । चौथो दिनको धर्ना कार्यक्रममा बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले सहित उच्च अदालत पोखरा बारका अध्यक्ष विष्णुप्रसाद शर्मा, पूर्व अध्यक्षहरु, बारका पदाधिकारी तथा आवद्ध सदस्यहरुको उल्लेख्य सहभागिता रहेको कोषाध्यक्ष हरिमान श्रेष्ठले बताए ।

चौथो दिनको दवाव मूलक धर्ना कार्यक्रमको समापनका क्रममा खिचिएको तस्विर – सौजन्य तनहुँ बार

विशेष गरी प्रधानन्यायाधीशको नियुक्ति प्रमुख माग रहेको भएतापनि अन्य थप सातवटा मागलाई बारले अगाडि सारेको छ । २०७९ साल मंसिरको चार गते निर्वाचन सम्पन्न भएर पुसको १० गते सरकार गठन भैसक्दा पनि पाँच महिना वित्न लाग्दा समेत सरकारले प्रधानन्यायाधीश नियुक्त नगरेपछि पहिलो चरणको एक हप्ते कार्यक्रम अगाडि सारेका हुन् ।
बारले अगाडि सारेका अन्य मागहरुमा स्वतन्त्र न्यायापालिकाको रक्षा गरौं । न्यायपालिका भित्रको भ्रष्टाचार विकृति, विसंगति अन्त गरौं, पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर, सर्वोच्च अदालत लगायतका अदालतहरुमा रिक्त रहेका न्यायाधीश नियुक्त गर, संवैधनिक परिषदको बैठक अविलम्व बोलाऊ, संसदीय समिति गठन गर समेतका रहेका छन् । बैशाख २३ गतेसम्मको कार्यक्रम रहेको भएतापनि २२ र २३ गते विदा परेको कारण आजै विरोध कार्यक्रमको समापन हुने अवस्था रहेको तनहुँ बारले जनाएको छ ।

Related posts

जन्मदिनमा वृद्ध–वृद्धालाई सहयोग

admin

हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा होः राष्ट्रपति पौडेल

admin

भर्ना खुलेको जनाकारी

admin