24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
कानुन

सम्पत्ति हस्तान्तरण र प्राप्ति

पृष्टभूमिः
मानवीय जीवनको अभिन्न अंग हो–सम्पत्ति हस्तान्तरण र प्राप्ति । कानुनमा भएको व्यवस्था बमोजिम गरिएको हस्तान्तरण र प्राप्तिले मात्रै कानुनी झंझटबाट हामीले मुक्ति मिल्ने छ । त्यसैले संहिताले गरेको व्यवस्था बमोजिम सम्पत्ति हस्तान्तरण र प्राप्तिलाइ वैधानिक बनाउन संहिताको व्यवस्था हामीले बुझ्नै पर्ने हुन्छ ।
हस्तान्तरण र प्राप्तिः
संहितामा भएको व्यवस्था वा प्रचलित कानुन बमोजिम आफ्ना हक र स्वामित्वमा रहेको सम्पत्ति अन्य व्यक्तिलाई विक्री, दान, बकस वा अन्य कुनै तबरले दिनुलाइ सम्पत्ति हस्तान्तरण । पाउनुलाइ प्राप्ति भनिन्छ । यहाँ विशेषतः हक पुग्ने सम्पत्तिको हकहस्तान्तरण हुने कुरा विचारणीय छ । अदालतको अनुमतिः
संरक्षक वा माथवरीमा रहेका व्यक्तिकोहरुको हक, हित वा संरक्षणका लागि संरक्षक वा माथवरले सम्पत्ती विक्री गर्न पर्ने भएमा अदालतको अनुमति लिएर विक्री गर्न सक्ने कानुनी व्यवस्था संहिताले गरेको छ । निजी सम्पत्ति हस्तान्तरणः
आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जन गरेको, दान, बकस वा अपुताली स्वरुप प्राप्त गरेको, चिठ्ठा वा उपहार स्वरुप प्राप्त गरेको सम्पत्ति, पारिश्रमिक समेतको सम्पत्ति समेतका निजी आर्जनको मानिने सम्पत्तिको हकहस्तान्तरण गर्न सकिन्छ । संयुक्त सम्पत्ति हस्तान्तरणः
एक भन्दा बढी व्यक्तिको संयुक्त नाममा रहेको सम्पत्तिको हस्तान्तरण गर्दा सबै स्वामित्ववालाको सहमति भएमा कुनै समस्या भएन । सहमति नभएको अवस्थामा पनि आफ्नो हकहिस्साको सम्पत्ति हस्तान्तरण गर्न छुट कानुनले दिएको छ । यसमा संयुक्तवालाले प्राथमिकतामा पाउने व्यवस्था छ । अरुले दिएको मूल्य तिर्न मन्जुर हुनुपर्ने व्यवस्था छ ।
सगोलको सम्पत्ति विक्रीः
सामान्यतः सगोलको सम्पत्ति अंशियाराको मन्जुरी विगेर विक्री वितरण गरेको सदर हुँदैन । मन्जुरी लिखित रुपमा लिनु पर्ने हुन्छ ।
लिखित मन्जुरी नलिइ विक्री वितरण गरेमा दिनेको हकपुग्ने बाहेक अरु हक पुग्नेले बदर गराउन सक्नेछ । तर घरव्यवहारको लागि चलमा सबै र अचलकमा आधासम्म घरको मुख्य व्यक्तिले कसैको मन्जुरी नलिईकन विक्री गर्न सक्दछ ।
अघिल्लो लिखत मान्यः
कसैले आफ्नो हक पुग्ने सम्पत्ति भनि दोहोरो पारी राजीनामा गरि दिएमा पहिलो लिखतले मान्यता पाउँदछ । दोस्रो लिखत अमान्य हुन्छ ।
भोग गर्न नपाए क्षतिपूर्तिः
कानुन बमोजिम आफूले प्राप्त गरेको सम्पत्ति भोग गर्न नपाएमा त्यस्तो व्यक्तिले जति सम्पत्ति भोग गर्न पाउँदैन त्यति सम्पत्तिको मूल्य, व्याज र रजिष्ट्रेशन दस्तुर कपाली सरह भराइ लिन पाउने छन् ।
निष्कर्षः
सम्पत्ति हस्तान्तरण गर्दा र प्राप्ति गर्दा जग्गाको फिल्ड जाँच गरेर मात्रै लिनु पर्दछ । साथै अंशियाराहरुको लिखित सहमति नलिई विश्वासमा व्यवहार गर्ने जमाना सकियो ।

Related posts

अष्टलोहको अष्पष्ट बैधानिक प्रयोग

admin

सरकारले बनायो १४ सालको ऐन जिवन्त

Deepak Joshi

बालबालिका विरुद्धको कसूर

admin