32.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

पूर्व मन्त्री जोशीको कारवाही फुकुवा

नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी माथिको अनुशासनको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकमा २०७९ भन्दा पहिले स्वतन्त्र उम्मेदवारी दिएर पार्टी अनुशासन उल्लंघन गरेका बारा, तनहुँ र चितवन नेताहरुको पुरानै सदस्यता निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार कारबाही फुकुवा गरेका नेताहरुले उपनिर्वाचनमा खेल्ने भूमिकालाई हेरेर आगामी दिनमा निर्णय गर्ने र अनुशासन समितिलाई सक्रिय पार्ने निर्णय भएको छ । तनहुँका पूर्वमन्त्री जोशी गत निर्वाचनमा रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए । मंसिर ४ गतेको निर्वाचनमा तनहुँ–१ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

Related posts

  तनहुँ २ का केहि उम्मेदवारकाे संक्षिप्त परिचय  

Deepak Joshi

व्यासको नीति कार्यक्रम र बजेटमा शिक्षा-कार्यक्रमको चाङ, कार्यान्वयनमा आशंका

admin

पत्रकार नेतृत्व विहिन

admin