30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

आठ महिनाको गर्भपछि पाँच हजार

दमौली/व्यास नगरपालिकाले गर्भवति महिलालाइ पोषण भत्ता दिने निर्णय गरेको छ । पोषण भत्ताको माग गर्न चाहने गर्भवति महिलाले चार महिनाको गर्भ भएपछि, छ महिनाको गर्भ भएपछि र आठ महिनाको गर्भ भएपछि जाँच गराएको रिर्पोट सहित दावी गर्नु पर्ने व्यास नगरपालिकाले जनाएको छ । आर्थिक रुपले विपन्न महिलाहरु गर्भवति भएपछि न्यूनतम आवश्यकता अनुसार पनि पोषणयुक्त आहारविहार नपाउने अवस्थाप्रति सम्वेदनशिल हुँदै पोषण भत्ता दिने निर्णय गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जनाउनु भएको छ । स्वस्थ बच्चा जन्मनका लागि आमाको स्वास्थ्य पनि हृष्ठपुष्ट हुनुपर्ने अवस्थालाई ध्यानमा राखेर नगरपालिकाले पोषणभत्ता दिने निर्णय गरेपछि यस आर्थिक बर्षमा व्यास नगरक्षेत्रका दुई सय जना गर्भवती लाभान्वित हुनेछन् । गर्भवति महिला पोषण कार्यक्रमका लागि दश लाख विनियोजन भएको पनि नगरपालिकाले जनाएको छ ।

Related posts

ओमिक्रोनको बढ्दो संक्रमण: न्यूनिकरणका लागि प्रशासनद्वारा विभिन्न आदेश जरी

admin

सर्‍यो वडा नं ३ कार्यालय

admin

प्रेस युनियन तनहुँका अध्यक्षको निधन

Deepak Joshi