22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

नारी पीडा

रस्मिका सुवेदी
सिद्धेश्वरी मावि
व्यास १२ कमलबारी

संसारको सृष्टिलाई जोगाउने नारी
प्रसव पिडा सहेर रगत बगाउने नारी
मैनवत्ती झैं बली आँसु धारा चुहाउँदै
संसारलाई उज्यालो गराउने नारी
सन्तानको पेट भर्न आफु भोकै वस्ने
सुन्दर संसार बनाउन सधैं कम्मर कस्ने
अन्याय र अत्याचारलाई अंगालोमा हाली
हजार पिडा सहेर हाँस्छन् विवस नारी
जन्मै नपाइ कोखबाट मारिन्छन् कति नारी
अलिकति ठूला भए दासी बन्छन् नारी
नारी दिवस भनि एक सय तेह्र मनाउँदै गर्दा
देशमा कुनै चासो छैन बलात्कारले नारी मर्दा
छाउपडी र दाइजो प्रथाले घुम्टो ओडेकै छ
जती नारा लाएपनि महिला हिंसा बढेकै छ ।
नारी हकले संविधानका पाना भरिए पनि
महिला उत्थान संस्था देशै भरी छरिएपनि
बलत्कारी घटनाको हेडलाइन बन्छ जहिले
निर्मला जस्ता बालिकाले न्याय पाउँछन् कहिले ?
क्यालारा जेटकिन जस्तै हामी नारी जाग्नुपर्छ
समाजको महिला हिंसा जरै देखि भाग्नुपर्छ ।

Related posts

सिमसार क्षेत्रको संरक्षणमा हामी सबैको ध्यान जाओस्

admin

सम्पादकीय म्याराथानले स्वास्थ्य र पर्यटनको अभिबृद्धी होस्

admin

आँपमा देखिने ब्याक्टेरियल क्र्यान्कर

admin