19.8 C
Damauli
October 30, 2026
Tanahun Awaj
Uncategorized

गजल

डिल्लीराम घिमिरे शुनपा-५

गायक रोजी रहेछन् गजलहरू
सायर खोजी रहेछन् गजलहरू

रसिला तारूण्य भाव थन्क्याउने
प्रेमका गोजी रहेछन् गजलहरू

असफल प्रेमले घायल भई सबै
त्याग्ने जोगी रहेछन् गजलहरू

ती स्वर्गका अप्सरा जस्तै राम्रो
शृङ्गारका भोगी रहेछन् गजलहरू

सफल र असफल ती तरूणका
प्रेमका रोगी रहेछन् गजलहरू

Related posts

काँग्रेसको नेतृत्व गर्न रेडक्रसबाट राजीनामा

Tanahun Awajweekly

समाजवाद र लोकतन्त्र

admin

महासमिति सदस्यमा भट्टराई

admin