Tanahun Awaj
Uncategorized

गजल

डिल्लीराम घिमिरे शुनपा-५

गायक रोजी रहेछन् गजलहरू
सायर खोजी रहेछन् गजलहरू

रसिला तारूण्य भाव थन्क्याउने
प्रेमका गोजी रहेछन् गजलहरू

असफल प्रेमले घायल भई सबै
त्याग्ने जोगी रहेछन् गजलहरू

ती स्वर्गका अप्सरा जस्तै राम्रो
शृङ्गारका भोगी रहेछन् गजलहरू

सफल र असफल ती तरूणका
प्रेमका रोगी रहेछन् गजलहरू

Related posts

दुइ मुक्तक

admin

दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने

admin

बारबेञ्च शुभकामना आदान प्रदान

admin