22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

चार समूहलाई हाते टेक्टर

गजौडे/व्यास नगरपालिका वडा नं. ९ ले आफ्नो क्षेत्रभित्रका चार टोल समूहलाई एक एक थान हाते टेक्टर उपलब्ध गराएको छ । वडाध्यक्ष सुरेश थापाले गजौडेमा आमन्त्रण गरिएका चार समूहलाई सो हाते टेक्टर प्रदान गरेको गजौडेमा बाबुराम खनालले तनहुँ आवाजलाई बताउनु भयो ।

सिंह दरबार गाउँमा पुगेका बेला कृषि प्रधानदेशका किसानहरुले आफ्नो टोलको रेखदेख संरक्षणमा दीर्घकालिन उपयोगको उद्देश्य राखेर टेक्टरको सञ्चालन गरुन भनेर सो टेक्टर उपलब्ध गराइएको वडाध्यक्ष थापाले बताउनु भयो ।

वडा नं. ९ मा रहेका गजौडे, बसाहास्थान, झिनुवाटार, मोहोरियाटार टोल विकास संस्थालाई करिब ७५ हजार मूल्य पर्ने ५०५ हर्षपावरको हातेटेक्टर अनुदानमा उपलब्ध गराइएको हो । खेत बारीमा हलगोरी चल्न छोडेको, हल गोरु नै नपाएपछि किसानहरुले खेतीकिसान नै गर्न छोडेको अवस्थालाई ख्याल गरेर यस बर्ष समूहगत रुपमा हाते टेक्टर उपलब्ध गराइएको वडाध्यक्ष खनालले बताउनु भयो ।

गतबर्ष यस क्षेत्रका एक सय आठ किसानलाई फलामे हलो प्रदान गरिएको थियो । यस बर्ष कृषि व्यवसायमा लाग्ने प्रोत्साहन स्वरुप हाते टेक्टर प्रदान गरिएकोमा वडाध्यक्षको सबैले सह्राना गरेका छन् ।

Related posts

लैगिंक हिंसाविरुद्ध सोह्रदिने अभियान

admin

घण्टाघर अनावरण

admin

दुर्घटना निश्चित छ भन्दै यसो भने वीपी विचार राष्ट्रिय समाजका संस्थापक सदस्य लोकेश ढकालले (भिडियो)

admin