30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

घर नक्सा निःशुल्क

दमौली/आँबुखैरेनी गाउँपालिकाले घर तथा भवनको प्रस्तावित शुल्क निःशुल्क बनाएको छ । आर्थिक वर्ष २०७९/८० बाट लागु हुने गरि गाउँपालिकाले यो निति बनाएको हो । नक्सा पास तथा भवनको मापदण्डमा रहि नयाँ भवनको नक्सा, तीन तल्ला सम्म निःशुल्क गाउँपालिकाले नै बनाइदिने गाउँपालिकाले जनाएको छ भने नक्सा पास गर्दा लाग्ने शुल्क भने सेवाग्राहिले तिर्नुपर्ने छ । भवन ऐन २०५५ को दफा ८(ग) अनुसारको (ग वर्गका भवनहरु ) भुइँ तलाके क्षेत्रफल १००० वर्गफिटसम्म र उचाई ३ तलासम्म वा स्ट्रक्चलरल स्पान ४.५ मिटर भन्दा कम भवनमा लागु हुने र नक्सा पास नगरी बनाइएका घर तथा भवनहरुमा यो सुविधा लागु नहुने गाऊँपालिकाले जनाएको छ ।

Related posts

व्यासद्वारा शोक व्यक्त

admin

एमसीसी विरूद्ध जनप्रदर्शन

admin

दिर्ग–लोक स्मृतिको १५ औं श्रृङ्खला

admin