24.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

मुक्तक

प्रयत्न पवित्रा पोखरेल याङवरक–४, पाँचथर


झिक्यो मह रित्याई सक्यो घार फर्केर आउँदैन
एक पटक आउँछ मौका बारबार फर्केर आउँदैन
राष्ट्रघाती र देशप्रमी दुबैका उम्मेदवारी दखिन्छन्
जनताले नथार्नु पर्छ मंसिर चार फर्केर आउँदैन ।।

दुश्मनहरुले बाटो छेक्दा पनि मायाँ लाग्छ
आएर फर्किनेहरु भेट्दा पनि मायाँ लाग्छ
कसरी सक्छन् आमाको छाती टेकेर घात गर्न
मलाई त धर्तीमा दरो टेक्दा पनि मायाँ लाग्छ ।

Related posts

विव्यस वडासमितिको जिम्मा

admin

कल्याणकारी कोषमा सहयोग

admin

न्यायीक आस्था बचाउन बोल्यो बार

admin