27.7 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

नमूना मतदान

दमौली/जिल्ला निर्वाचन कार्यालयको मतदाता शिक्षा कार्यक्रम अन्तरगत दशवटै पालिका सञ्चालन गर्न लागिएको नमूना मतदान कार्यक्रम बुधवार दमौलीमा सम्पन्न गरेको छ । व्यास नगरपालिकाको शिक्षा शाखाले व्यवस्थापन गरेको नमुना मतदानमा ८८ मत खसेकोमा ७ वटा बदर र २ वटा मतपत्र हराएको व्यासको नमुना मतदान व्यवस्थापक नवीन पराजुलीले बताए । म्याग्दे, बन्दिपुर, आँबुखैरेनी र देवघाटमा नमुना मतदान भइसकेको छ ।
जिल्लाकै ८५ वटै वडामा १ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी वडास्तरबाटै मतदान शिक्षा प्रदान गर्ने जिल्ला निर्वाचन कार्यालय तनुहँले जनाएको छ ।

Related posts

दाहाल सरकारका सय दिन

admin

महासंघको साधारणसभा जेठ २ मा

Deepak Joshi

जिल्ला स्तरीय निवन्ध लेखन प्रतियोगिता

admin