22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा श्रेष्ठ

पाँचाै अधिवेशनका क्रममा सत्यवती माविको पूर्व विद्यार्थीका पदाधिकारी तथा सल्लाहकारहरु -तस्विर सौजन्य विद्यार्थी पञ्च

दमौली/सत्यवती माविको पूर्व विद्यार्थी मञ्चको पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ । पाँचौ अधिवेशनबाट पुष्प श्रेष्ठ मञ्चको अध्यक्षमा चयन भएका छन् ।
साथै उपाध्यक्षमा माधव न्यौपाने, महासचिवमा ई. सुजन पण्डित, सचिवमा सुनिता बुढाथोकी, कोषाध्यक्षमा सि.ए. अनिल थापा र सदस्यहरुमा बिष्णु हड्खले, शेषराज श्रेष्ठ, अर्बिन तामांङ, सुनिता तिवारी, संदेश अधिकारी र बबिता वाग्ले चयन भएका छन् ।
सल्लाहकार समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, शिक्षक अभिभावक संघका अध्यक्ष ,सोम राज शिग्देल, प्र.अ. एक बहादुर गुरुङ, निबर्तमान प्र.अ. ईन्द्र प्रसाद पौडेल, संस्थापक अध्यक्ष राजेश्वर हड्खले, निबर्तमान अध्यक्षः डा अनिल गिरी रहेका छन् ।
नयाँ कार्यासमिति चयनका साथै मञ्चले सत्यवती माविमा ३ लाख बराबरको अक्षयकोष समेत स्थापना गरेको छ

Related posts

ज्येष्ठ नागरिकको नयाँ नेतृत्व

admin

मुख्य न्यायाधिवक्ताको साथमा तनहुँका कानुन व्यवसायी

admin

उद्यमशील साकोसको छैटौं साधारण सभा सम्पन्न

admin