28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

नेका वी पीद्वारा उम्मेदवारी घोषणा

दमौली/नेपाली काँग्रेस वी.पी. चुनावी तालमेल भएमा बाहेक संघीय निर्वाचनको १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेको छ ।
नेपाली काँग्रेस वी.पी.का केन्द्रिय उपसभापति पुष्पराज पराजुलीले आईतवार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको जिज्ञासा मेटाउने क्रममा देशव्यापी रुपमा नेपाली काँग्रेस वी पीप्रति बढेको आक्रषणले अबको संसदमा बहूमत ल्याउने पार्टी हुने आधार प्रस्तुत गरेका थिए ।

नेपाली काँग्रेस वी.पी.ले वी.पी. वाद नछोडेको कारण अहिले नेपाली काँग्रेसका केन्द्रिय समितिमा रहेकादेखि शहिद परिवारको आशा र भरोसाको पार्टी नेपाली काँग्रेस वी.पी. भएको उपसभापति पराजुलीको दावी थियो । नेपाली काँग्रेस वी.पी.को मूल उद्देश्य भनेको सनातन हिन्दुराष्ट्र, राष्ट्रियता र संवैधानिक राजतन्त्रको संरक्षण गर्ने भएको हुँदा आमनोपालीको भरोसा र विश्वास पाएको पराजुलीको दावी थियो । नेपाली काँग्रेस वी.पी.ले बहुमत ल्याउन सक्दैन कसरी परिवर्तन गर्न सक्छ भन्ने पत्रकारको जिज्ञासालाई ठाडै अस्विकार गरेका पराजुलीले एक हप्ताभित्रै नेपाली काँग्रेस वी.पी.ले देशव्यापी रुपमा बहूमत ल्याउने राजनीतिक वातावरण बन्ने विश्वास व्यक्त गरे । साथै आफूले तनहुँको क्षेत्र नं. २ बाट उम्मेदवारी दिने र निर्वाचन क्षेत्र नं. १ मा गोविन्दराज जोशीलाई समर्थन गर्ने पनि बताउन चुकेनन् ।
नेपाली काँग्रेस वी.पी.का केन्द्रिय सदस्य गणेशप्रसाद पाण्डेकोको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन अर्का केन्द्रिय सदस्य दिवाकरण भट्टराई, काशीराज आचार्य, तनहूँका कार्यवहाक सभापति मिनसिं थापा लागाएतले नेपाली काँग्रेस वी.पी.को राजनीति लक्ष्यका बारेमा प्रकाश पारेका थिए ।

Related posts

आयोजकसंग आग्रह-सम्पादकीय

admin

म्याग्देमा ब्रम्मण समाज

admin

४५औं नगरसभा सम्पन्न

Deepak Joshi