22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

नकचरो नेताहरु

श्यामलाल गोशली अध्यक्ष
क्षयरोग निबारण सस्था

नकचरो नेताहरु साँढे जुधे झै गरी ।
हाम्रो देशमा दाइ भयो बिना मियोको सरी ।।
नेतालाइ भोट दिने जनतालाइ चोटै चोट ।
चुनाब आयो कि लाजै नमानी माग्न आउँछ भोट ।।

कुकुरले हड्डी पाउँदा लाराभाँती त्यसमा ।
कुर्चीका लागि लराभाँती छ यो देशमा ।।
जस्तो खोजेपनि पाईन्छ यो देशका नेताहरु ।
जहाँ कुर्ची र स्वार्थ छ त्यतै दौडिन्छन् बरु ।।

लोकतन्त्र गणतन्त्रले के गरेको छ र ?
बोल्न मात्र पाउँछ, नेता र कर्मचारीले भ्रष्टाचार गर ।।
भ्रष्टाचार गर्नेलाई खै कारवाही भएको ?
यतिउति भ्रष्टाचार भयो भनि किन सुनाएको ।।

यस्तो स्वार्थ संसारमा के गरेर हुन्छ खै ।
भोट लिनलाइ दाउरेलाई नमस्कार गर्छ है ।।
लगाउने लुगा पनि नयाँ खोज्छ सबैले ।
पुरानो छोडी नयाँलाई भोट दिऊ अहिले ।।

सरकारले रोजगारी व्यवस्था नगर्दा ।
बर्षेनी लाखौं युवाहरु विदेशीनु पर्दा ।।
नेपालको खेतबारी बाँझै रहन गयो ।
घरमा बस्ने बुढाबुढीको विजोग हुन गयो ।।

Related posts

हिंसा विरुद्धको अभियान गाउँमुखी हुन आवश्यक छ

admin

तनहुँ कारागारमा कैदीले तिहार मनाए

admin

सर्वाेच्च, व्यस्त कि अस्तव्यस्त ?

admin