दमौली/व्यास–१ स्थित आदिकवि भानुभक्त क्याम्पस सन्चालक समितिको मतगणना बुधबार सम्पन्न भएको हो ।
७ जना सदस्यको लागि १७ जनाको उम्मेदवारी परेकोमा सबै भन्दा धेरै ४६१ मत ल्याउदै मोहन गिरि, लक्ष्मीभक्त खनाल ४५२ मत, अपार पौडेल ३९४ मत, प्रदिप काफ्ले ३१६ मत, सहवीर उच्चै ठकुरी २९९ मत, ईश्वरचन्द्र वाग्ले २९३ मत र बिष्णु बहादुर वस्नेत २५८ मत ल्याउँदै सन्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।
साथै, ३ जना लेखा समितिको सदस्यमा ४ को उम्मेदवारी परेकोमा ठाकुर बहादुर दरै, विवेक भट्टराई र सोमराज सिग्देल निर्वाचित भएका छन् ।
बुधबार बिहान ८ बजे देखि ४ बजेसम्म भएको मतदानमा कुल मत ८९५ मध्ये ६३७ मत मात्र खसेको थियो ।
previous post
next post
