Tanahun Awaj
समाचार

बृद्धालाई ठक्कर दिएर फरार

डुम्रेबजार/पृथ्वीराजमार्गको तनहुँ डुंम्रेबजारमा मंगलबार एक बृद्धालाई ठक्कर दिएर निलोकालो रंगको मोटर साईकल फरार भएको छ । दुई जना सवार ८२० नं. को मोटरसाईलले आफ्नी ६० बर्षिया हजुरआमालाइ ठक्कर दिएर घाइते तुल्याई मोटर साईकल फरार रहेको जाहेरवाला नाती कृष्ण वि.क.ले जानकारी दिए । मोटर साईकलको नं. पत्ता लागेपनि दर्ता अञ्चल भने पत्ता लाग्न नसकेको उनले बताए ।
तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं. ५ मैवल घर भएकी चिजामायाँ वि.क. बृद्धभत्ता लिनका लागि डुम्रेस्थित ग्लोबल आइएमइ बैंकमा मंगलबार आएकी थिइन ।

फोटो कृष्ण बिक

उनलाइ मोटरसाइकलले ठक्कर दिइ घाइते भएपछि डुंम्रेबजार स्थित लक्ष्मी अस्पतालमा उनको प्रारम्भिक उपचार भएको थियो । त्यसपछि थप चेकजाँचको लागि पोखरा स्थित फेवासिटी अस्पतालमा पु¥याइएको थियो घाइते चिजामायाँ वि.क.को पछिल्लो स्वास्थ्यस्थिति अनुसार खतरा मुक्त रहेको बताईएको छ । उनको दाहिने हातको कुहिनामा गंभिरप्रकृतिको चोट देखिएको छ भने नदेखिने चोट टाउकोमा सुनिने गरी चोट लागेको नाती कृष्ण वि.क.ले तनहुँ आवाजलाई बताए ।
घटना साउन १० मंगलबार विहान ११ः३० बजेको समयमा भएको थियो । दमौलीबाट मुग्लिङ्ग तर्फ जाँदै गरेको मोटरसाईकलले बृद्धालाई बन्दिपुर डुंम्रे बजारमा ठक्कर दिएको थियो ।

Related posts

सुरुवातीको नौ बर्षपछि धाराबाट पानी, सबै उपभोक्ताको धारामा पानी पुग्न अझै समय लाग्ने

admin

सूर्यपाल स्थित रामबालोदय आधारभूत विद्यालयको ६६औं वार्षिकोत्सव एवम् अभिभावक दिवस २०८० सम्पन्न

admin

माछा संरक्षण गर्न समिति

admin