Tanahun Awaj
समाचार

वडाध्यक्षद्वारा मोटरसाईकल फिर्ता

दमौली/तनहुँको व्यास नगरपालिका वडा ५ का वडा अध्यक्ष हिमाल श्रेष्ठले व्यास नगरपालिकाका कार्यकारी अधिकृत डिल्लीराम सिग्देललाई वडाध्यक्षले सुविधामा पाएको मोटरसाईकल फिर्ता बुझाएका छन् । वडा कार्यालयको कामकाजका लागि ग १ ब ८१६ नम्बरको मोटरसाइकल वडाध्यक्ष हिमाल श्रेष्ठले व्यास नगरपालिकाबाट बुझेका थिए । वडाध्यक्ष श्रेष्ठले सुविधाको मोटर साईकल फिर्ता गरेर आफ्नै मोटर साईकलबाट जनताको सेवामा उपस्थित हुने प्रतिबद्धता जाहेर गर्दै मोटर साईकल फिर्ता गरेर उदाहरणीय काम गरेका छन् । ऋषिङ्ग गाउँपालिकाका वडाध्यक्षहरुले पनि मोटर साईकल बुझेकै छैनन् । उनिहरुले जिर्ण भैसकेको मोटर साईकल बुझेर मर्मतमा वडाको बजेट नसक्ने बुद्धिमत्तापूर्ण निर्णय लिएर प्रसंसा पाए थिए भने अहिले हिमाले श्रेष्ठले फिर्ता गरेको मोटरसाईकल पनि पुरानो रहेको बुझिएको छ । समाज सेवा गर्ने मूल ध्येयका साथ जनताको मत मागेर निर्वाचित भएका जनप्रतिनिधिहरु सेवासुविधा र स्वार्थमा लिप्त भएका बेला श्रेष्ठ लगायतले देखाएको उदाहरणीय कार्य पछिल्ला दिनमा लोकप्रिय हुँदै जाँदा अरु जनप्रतिनिधिलाई पनि जनतासंग कर उठाएर लिईने सेवासुविधा नलिन मनोवैज्ञानिक नैतिक दवाव सिर्जना हुन सक्ने सर्वत्र अनुमान गरिएको छ ।

Related posts

नेपाली लोकतन्त्रमा सानालाई ऐन ठूलालाई चइन
राजनीतिक पहू“चवालाका अगाडि प्रक्रिया झुक्छ

admin

अन्तिम नामावली प्रकाशित: देशभर १ करोड ८९ लाख बढी मतदाता

Deepak Joshi

आज विश्व वातावरण दिवसप्लास्टिक प्रदूषण अन्त्य गर्न आग्रह

admin