Tanahun Awaj
समाचार

पुनःमतदान सम्पन्न

दमौली/व्यास नगरपालिका–८ मा पुनः मतदान बुधबार सम्पन्न भएको छ । विहान ७ बजे दखि शुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो ।
कुल मतदाता १५६६ रहेको व्यास ८ मा ९९५ मत खसेको छ । यस अघि सोहि वडामा बैशाख ३० गते ९२२ मत खसेको थियो ।
व्यास नगरपालिकाका उम्मेदवार दिपकराज जोशी माथी आक्रमण र मतपत्र च्यातिने जस्ता घटना भएपछि बैसाख ३० गतेको मतदान रद्द गरि जेठ ४ गते पुनः मतदान गर्ने भनि जिल्ला निर्वाचन कार्यलय तनहुँले सूचना निकालेको थियो ।
पुनः मतदानको सूचनापछि रोकिएको मतगणना पुनःमतदान सम्पन्न भएपछि बुधबारनै शुरु भएको छ ।

Related posts

प्रदेश र स्थानीय सरकारलाई मुकुन्देश्वरीमा जुटाएर
१६औं शताब्दीको यो मन्दिर अर्को बर्ष व्यवस्थित गर्ने संकल्प

admin

उच्च अदालत बाग्लुङ्गमा राना

admin

तिर्थस्थल तथा पर्यटकिय क्षेत्र

admin