Tanahun Awaj
समाचार

न्यौपानेको फेरी मेयर बन्ने इच्छा

दमौली/व्यास नगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले आफु फेरी नगर प्रमुख हुन चाहेको बता्एका छन् । आइतबार दमौलीमा सञ्चारकर्मीसग कुराकानी गर्दै न्यौपानेले नगरका अधुरा योजना सम्पन्न गर्न पनि आफुले पुनः नगर प्रमुख हुन चाहेको बताए । उनले भने, तर पार्टीले टिकट दिन्छ वा दिँदैन त्यसमा आफु नगर प्रमुख पुनःहुन पाउने वा नपाउने भन्ने कुरा निर्भर हुन्छ । जसले टिकट पाएपनि आफुले सहयोग गर्ने उनले बताए ।
आफुले पाँच वर्षमा गरेका चौध बुँदे महत्वपूर्ण कार्यको फेहरिस्त प्रस्तुत गरेका न्यौपानेले विश्व बैकको सहयोगमा सञ्चालिन परियोजना पूरा गर्न, नारेश्वर ताल, १०८ फिट अग्लो व्यासको मुर्ती निर्माण, व्यास झुला निर्माण, २५ बेडको अस्पताल भवन निर्माण ,शित भण्डार निर्माण लगाएतका अधुरा योजना सम्पन्न गर्न पुनः नगर प्रमुखमा दोहोरिन चाहेको बताए ।
पिसिआर प्रयोगशाला निर्माण र सञ्चालन, शित भण्डार निर्माण, म्याराथन प्रतियोगिता सञ्चालन, मादीनदी एकिकृति विकास परियोजनाको गुरु योजना निर्माण, विभिन्न वडामा एक घर एक धारा निर्माण लगाएतलाई आफ्नो पाँच वर्र्षे उपलब्धीको रुपमा उल्लेख गरेका न्यौपानेले मानुङकोट, गलेखामकोट, तनहुँसुर लगाएतका क्षेत्रमा पर्यटकिय पूर्वाधार निर्माणका काम बाँकी रहेको र त्यसलाई पूरा गर्न आफुसंग व्यवस्थित योजना, अुनभव र योग्यता समेत रहेकाले पुनः नगर प्रमुख बन्ने इच्छा राखेको बताए । यो पाँच वर्षको अवधिमा व्यासका निर्वाचित जनप्रतिनिधिले आफ्नो क्षमताले भ्याएसम्म काम गरेका र नगरवासीको शिर निहुरिने खालको वा नगरवासी असन्तुष्ट हुने काम आफुहरुले नगरेको जिकिर उनको थियो । उनले थपे, तर कोभिड, प्रदेश तथा संघीय सरकारसंगको सम्बन्ध आदिका कारण कतिपय काम चाहेर पनि गर्र्न नसकेको यथार्थ हो । आफुले अनुभव र क्षमताको प्रयोग गर्दै विकास योजनालाई थप मजबुत बनाएर व्यासलाई उपमहानगर पालिकाको पूर्वाधार निर्माण गर्न आफुले फेरी नगर प्रमुखमा उम्मेदबार हुने चाहना राखेको न्यौपानेले बताए ।

Related posts

व्यासको कार्यापालिका बैठक

admin

ऋषिङमा प्राविधिक शिक्षा, शिव सरस्वतीमा भेटरिनरी सञ्चालन हुने

admin

४२औं वीपी स्मृति दिवस

admin